अब मलाई खुशी पार्ने गफ नलाउन मित्र (गजल)


– मान बहादुर के.शी.

मेरा लागि आफु हार्ने गफ नलाउन मित्र
यो मनका पिडा खार्ने गफ नलाउन मित्र

मुखले मात्रै ठिक पार्छौ हातमा सिन्को छैन
आकाशका तारा झार्ने गफ नलाउन मित्र

आफ्नो स्वार्थ पुरा गर्यौ विश्वाशघात गरेर
सँगै मिली डुङ्गा तार्ने गफ नलाउन मित्र

आलटाल गर्दै कति दिन गुजारा चलाउछौ
भोलि भन्दै कुरा टार्ने गफ नलाउन मित्र

हाँशो खुशी जम्मै लुट्यौ झुक्याएर छलेर
अब मलाई खुशी पार्ने गफ नलाउन मित्र

– मंगल्सैन ४ अछाम हाल- फुजैराह यू.ए.ई.

तपाईको प्रतिक्रिया