जे.एस.एस.कपमा कुल १२ टिमको सहभागिता ।


कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको दोस्रो जे एस एस कपमा १२ टिमले भाग लिने भएका छन् । हिजोसम्म टिम दर्ताको समय भएकोमा १२ टिमले दर्ता गराएको खेलकुद संयोजक तथा फुटबल प्रतियोगीताका संयोजक कृष्ण गिरिले जानकारी दिएका छन् ।

यो पटकको फुटबल प्रतियोगीतामा अघिल्लो पटक भन्दा ३ टिम बढी दर्ता भएका छन् । अघिल्लो वर्ष भन्दा यो वर्षको प्रतियोगीता अझै बढी रोचक हुने देखिएको छ ।

सहभागी टिमहरु निम्नानुसार रहेका छन् ।
१. जे एस एस फोर स्टार
२. जे एस एस ट्री
३. बेल्लाहोए क्लासिक रेड
४. बेल्लाहोए क्लासिक ब्लु
५. हिमालयन स्पोर्ट्स ए
६. हिमालयन स्पोर्ट्स बी
७. रेक्टर स्केल हाइ
८. रेक्टर स्केल लो
९. ओ. एन एफ.
१०. पासा पुचा
११. युनिटी
१२. भुटानिज कम्युनिटी

टिम दर्ता गर्दा खेलाडीको नाम समेत दिइसकिएको छ ।

जे एस एस कपले ल्याएको तरङ्ग ।

कोपनहेगनमा अहिले खेलकुदप्रेमी नेपाली नेपाली बीच एउटा तरङ्ग छाएको छ । त्यो हो फुटबलको तरङ्ग । दोस्रो जे एस एस कप प्रतियोगिता आउन एक हप्ता मात्र बाँकी छ ।

यहि जुलाई १८ र १९ को दिन बेल्लाहोएको खेल मैदानमा हुने प्रतियोगीताको लागि भाग लिने खेलाडीहरु अहिले अभ्यास खेलको लागि प्रत्येक दिन सोहि मैदानमा आउने गर्दछन । नेपालीहरु अहिले प्रत्येक दिनजसो अभ्यास खेल खेल्ने गर्दछन ।

केहि दिन अघिसम्म कुन खेलाडी कता बाट खेल्ने भन्ने कौतुहलता भएको भए पनि टिम दर्ता संगै खेलाडीहरु पनि सबै टिममा तय भैसकेकोले अब त्यो कौतुहलता नरहेको रेक्टर स्केल टिमबाट खेल्ने खेलाडी नारायण नगरकोटीले बताए । त्यसो त खेल जित्नकै लागि मात्र नखेलिने भएकोले आपासी भाइचाराको सम्बन्ध कायम राख्न खेल उत्तिकै महत्व भएकोले जो जता बाट खेले पनि फरक नपर्ने युनिटी टिममा खेलाडी रमेश घिमिरेले बताए ।

अहिले कुन टिमले प्रतियोगीता जित्ला भनेर सबैको चासो रहेको छ । यसपालीको प्रतियोगीता अलि बढी प्रतिष्पर्धात्मक हुने भने देखिएको छ । राम्रा खेलाडीहरु सबैतिर छरिएर रहेकोले खेल पनि रोचक हुने सबैको अपेक्षा रहेको छ ।

जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य( नविन) ले बताए अनुसार खेलकुद प्रतियोगिताको तयारी अन्तीम चरणमा पुगेकोले प्रतियोगीता भव्य र सभ्य हुनेमा आफुहरु विश्वस्त रहेको बताए ।