नेपाली जनप्रगतिशील मंच स्पेनको अपिल


आदरणीय स्पेनबासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरु, अभिबादन ।
देशमा आएको विनासकारी महाभूकम्प पछी एनआरएनले बोलाएको सम्पूर्ण संघ सस्थाको संयुक्त बैठकमा भएको चर्काचर्की पछी एनआरएन अध्यक्ष एकराज गिरीकै नेतृत्वमा सम्पूर्ण संघ सस्थाका अध्यक्ष सदस्य रहने गरि भूकम्प पिडित राहत संकलन समिति गठन गरेका थियौ जसमा पत्रकार मित्रहरुले सहकार्य गर्नु भएको थियो ।

केहि खण्डन भए गरिए पनि त्यसलाई छिचोल्दै अगाडी बढ्ने क्रममा हामी स्पेनको मड्रिड ,बेनीड्रम, बिलबाउ देखि ग्रान कनारियाको टापू सम्मको एकजुट बिदेशमा संसारकै नमुना एकता बनेको छ । पहिलो चरणमा राहतको लागि ४० हजार र दोस्रो चरणमा पुननिर्माणको लागि कुनै एउटा गाँउमा २० घर र एउटा स्कुल बनाउने योजना सहित ६२ हजार ३ सय एकासी युरो २८ सेन्ट गरि जम्मा हामी स्पेनबासीले १ लाख २ हजार तिन सय एकासी युरो २८ सेन्ट एन आर एन मार्फत नेपाल पठाउन सफल भएका छौं।

स्पेनको सबालमा यो कुनै चानचुन रकम होइन देश पिडामा हुदा परिवार सडकमा पुग्दा पारिवारिक चिन्ता र पीडा सहित दिनरात खटेर सहयोग जुटाउन लाग्नुहुने सम्पूर्ण संघ-सस्था साथै स्पेनबासी दाजुभाई तथा दिदिबहिनिहरुमा नेपाली जन-प्रगतिसिल मंच (स्पेन ) हार्दिक आभार व्यक्त गर्दछ ।

एकतामा सधै बल हुन्छ यो नै अहिलेको अपरिहार्यता हो। एकाध संगठन र व्यक्तिको महत्वकांक्षा पुरा गर्न यो समाजलाई चिरा चिरामा परिणत गर्न दिनु हुदैन भन्ने हाम्रो धारणा रहेको छ । हामीले मिलेर गर्नु पर्ने कामहरु धेरै छन-

१, देस पुननिर्माणको लागि हामीले अझै ५ वर्ष एकजुट भएर लाग्दै आर्थिक रकम जुटाउन तिर लग्नु पर्छ जुन आँटे सकिन्छ ।

२, सन २००७ देखि बिभिन्न चरणमा नेपाल सरकारसँग स्पेनमा नेपाली दुताबास निर्माणको लागि पहल गर्दै आएका छौ त्यसलाई सफल पार्नु पर्छ।

३,परिवार पुनर्मिलनमा ठगिनु पर्ने समस्याको समाधान गर्ने पहल देखि यहाँ रहेका समस्यामा सहयोगी भूमिका खेल्नु पर्ने छ ।

, संघ सस्थाको उच्च ओहोदामा रहेरै स्पेनमा आर्थिक ठगीको कारोबार गर्नेहरुलाई सामाजिक बहिस्कार गर्दै कानुनी उपाय खोज्नु जरुरी छ ।

यी सबै कामको लागि सर्बोत्तम उपाय हामी यो या त्यो पार्टीको कार्यकर्ता भन्दा पहिला नेपाली बन्न सिकौ। सहयोग ,सहमति र सहकार्यनै हाम्रो प्रमुख आधार हो चिरा चिरामा विभाजित भएर समाज परिबर्तन र देस पुन निर्माण सम्भब छैन त्यसैले यो एकता बचाई राख्न सम्पूर्ण संघ सस्था साथै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछौ ।

-गंगा प्रसाद भुसाल
अध्यक्ष
नेपाली जन-प्रगतिसिल मन्च(स्पेन )