मेरो उम्मेदवारी किन ? मुक्त गुरुङ्को प्रेस बिज्ञप्ति


सम्पूर्ण स्पेनबासी नेपालीहरुमा हार्दिक नमस्कार !
यहाँहरुलाई सर्वबिदितै छ एन आर एन स्पेनको आसन्न अधिवेशनमा अध्यक्ष पदका लागि उमेद्वारी सार्वजनिक गरिसकेको परिपेक्षमा सर्वसाधारणमा म मेरो स्पेन मा रहदाको सामाजिक परिचय तथा उमेद्वारी घोषणाका सम्बन्धमा हार्दिक अनुरोध गर्न चाहन्छु ।
गैर आवासीय नेपाली संघ, स्पेनको अध्यक्ष पदको उमेदवार मुक्त बहादुर गुरुङले यस संस्थामा आबद्ध भई गरेका क्रियालप हरुको संक्षिप्त जानकारी।

१. सन् २००७ देखि एनआरएन अभियानमा सक्रिय भएको।

२. सन् २००९ को गैर आवासीय नेपाली संघ, स्पेनको प्रथम अधिवेशनमा समन्वय समितिको सह संयोजकको जिम्मेवारी सम्हाल्दै गर्दा तत्कलिन संयोजक गणेश मन ताल्चा भोड़ेल बार्सिलोना बाहिर भएको कारणले कार्यबाहक संयोजकको जिम्मेवारी लिएर स्पेनमा भएका सम्पूर्ण संघ संस्था हरुलाई समेटेर सर्बसम्मत कार्यसमिति बनाएर अधिवेशन सम्पन्न गर्न अहम भूमिका निर्वाह गरेको।

३. गैर आवासीय नेपाली संघ, स्पेनको प्रथम अधिवेशन पश्चात बार्सिलोना बाहिर रहेका नेपाली हरुले असन्तुष्टि जनाउदै समानान्तर कमिटि गठन गरेपछि तत्कालिन अध्यक्ष भिष्म कुमार गुरुङको नेतृत्वको सर्बसम्मत कार्यसमितिमा उक्त समानान्तर समितिलाई समाहित गर्न गुरुङको साथमा समन्वयकारी भूमिका खेली गैर आवासीय नेपाली संघ, स्पेनलाई एकताबद्ध बनाउन सफल भएको।

४. बार्सिलोना स्थित रुबी सहरको कम्पनीमा काम गर्ने नेपालीहरुलाई पारिश्रमिक नदिइकन कम्पनि बन्द गरे पश्चात सबै नेपालीको नेतृत्व गर्दै कानुनी लडाई लडेर नेपाली हरुले पाउनुपर्ने पारिश्रमिक दिलाउन र उपरोक्त पिडित २४ जना नेपाली हरुको स्पेन बस्ने आवासीय अनुमति (RESIDANCY PERMIT) कामको अनुमतिपत्र बिना र कुनै खर्च नगरी दिलाउन नेतृत्वदाई भूमिका खेली सफलता हासिल गरेको।

५. गैर आवासीय नेपाली संघ, स्पेनको एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल सल्लहाकार समितिमा बसेर काम गरेको।

६. प्रवासी नेपाली मंच, स्पेनको निर्विरोध निर्बाचित अध्यक्ष भई सफल कार्यकाल सम्पन्न गरेको।

. जुन २०१४ मा स्पेनमा सम्पन्न गैर आवासीय नेपाली संघको यूरोपियन भेला पश्चात स्पेनमा भएका विभिन्न संघ संस्थाहरु बिचको चिसिएको तिक्तता पूर्ण सम्बन्धलाई सुमधुर बनाउन अहम भूमिका खेलेको।

मेरो उम्मेदवारी किन ?

१. गैर आवासीय नेपाली संघ, स्पेनले गरेको उचित क्रियाकलापहरुको निरन्तरताका लागि प्रत्यक्ष नेतृत्वदायी र सक्रिय भूमिका निर्बाह गर्न।

क. हालै नेपालमा गएको विनासकारी भूकम्पबाट पिडित नेपालीहरुलाई सहयोग गर्न बिभिन्न संघ संस्था र गैर आवासीय नेपाली संघ, स्पेन ले लक्ष्य लिएको आवास बनाउने काम पुरा गर्दै भुकुम्प पिडितलाई थप प्रभावकारी राहत उपलब्ध गराउन पहल गर्न।

ख. गैर आवासीय नेपाली संघ, स्पेनको प्रथम अधिवेशनबाट प्रस्ताब भई हाल सम्म एनआरएन स्पेनले र अन्य संघ संस्थाले प्रयास गर्दै आएको स्पेनमा नेपाली राजदूतावास स्थापनाको कार्य सम्पन्न गर्न।

२. हालसम्म गैर आवासीय नेपाली संघ स्पेन आफ्नो कार्यालय नभएकोले यहाका नेपालीहरु लाई पासपोर्ट आबेदन संबन्धि र अन्य भिभिन्न समस्याहरु परेकोले उल्लेखित समस्याहरु समाधान गर्न कर्यालय जरुरि भएकोले तिन महिना भित्र कार्यालय स्थापना गर्न।( कार्यालय स्थापनाले स्थानिय समस्या ५०% ले समाधान हुने आस गरिएको छ)।

३. आजको नया पुस्तालाई गैर नेपाली संग स्पेनको महत्व बुझाई निकट भबिस्यमा दोस्रो पुस्ताको सक्रिय सहभागिताका साथ नेतृत्व बिकाश गर्न पहल गर्न।

४. स्पेनमा बढ्दै गरेको सामाजिक विकृतिलाई न्यूनीकरणको अधिकतम प्रयाश गर्न।

५. नेपाली बच्चाहरुलाई गैर आबासिय नेपाली संग स्पेनको स्थापित कार्यालयमै नेपाली भाषाको कक्षा संचालनमा ल्याउन।

६. स्पेनमा बस्ने नेपालीहरुको तथ्यांक संकलनलाई निर्णायक बिन्दुमा पुरयाउन।

७. स्पेनमा परिबर्तित कानुनको बारेमा कानुनी परिबर्तन हुनेबित्तिकै वकिल मार्फत नेपाली समुदायलाई जानकारी गराउन।

८. सम्पूर्ण स्पेनवासी नेपालीहरुमा एन आर एनको पहुच तथा सहभागिता अभिब्रिद्दी गर्न महिला , बालबालिका का साथै कार्यक्षेत्रका हिसाबले कलाकार , पत्रकार तथा ब्यबासायिक क्षेत्रको सकृय सहभागीता एवं स्तरोन्नतिको सुनिश्चितता गर्न ।

एन आर एन ,स्पेनको अध्यक्षको उमेद्वार
मुक्त बहादुर गुरुङ
बार्सिलोना