भद्रगोलकी रक्षा र नायक सुरजको जोडी म्युजिक भिडियोमा


काठमाडौं/ नेपाली चलचित्रमा अभिनय  गरिसकेका नायक तथा मोडल सुरज रानाभाट र हाँस्य टेलीश्रृखला भद्रगोलबाट  छोटो समयमा चर्चा कमाएकी रक्षा श्रेष्ठ म्युजिक भिडियोमा सँगै देखिएका छन्।

गायक मनोज राजको स्वरमा रेकर्ड भएको आधुनिक गीत “आज भोली तिमी लाई मेरो याद आउछ कि आउँदैन” बोलको गीतमा जोडीले सँगै अभिनय गरेका हुन्।

नेपालको साँगितिक बजारमा निकै चल्तीका रचनाकार प्रेमसागर पौडेलले गीतमा आँफैले संगीत दिएका छन्। गीतलाई रक्षा म्यूजिक कम्पनीलाई ब्यबस्थापन गर्दै भिडियो बजारमा ल्याउन लागेको छ।

गीतका सर्जक पौडेलले नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै भने,” भिडियो दर्शकहरुले मन पराउनेमा म ढुक्क छु,निकै अनुभबी जोडीले गीतको मर्म,भाबनामा डुबेर अभियन गरेको छ।”

मनोरम स्थल गोदावरीमा छायाङ्कन गरिएको म्यूजिक भिडियोलाई ख्याती पाप्त निर्देशक शिव वि.कले निर्देशन गरेका छन्। 

हाँस्य टेलीश्रृखलामा निकै ब्यस्त बनेकी रक्षा र सुरजको जोडीलाई दर्शकहरुले रुचाउँने निर्माण टिमले अपेक्षा राखेको छ।