एनआरएनए बेल्जियमको सदस्यता विस्तार तिब्र, निर्बाचन कार्यलयबाट काम शुरु,


– बिष्णु सापकोटा
बेल्जियम/ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको आगामी २३ अगष्टमा हुने अधिवेशन तथा निर्वाचन कार्यको लागी गत ०५ जूलाई आईतबारका दिन लुभेनको केशेलो शहरमा एक कार्यक्रमका बीच कार्यालयको उद्धघाटन गरिएको छ।

संघका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठ, आईसीसी सदस्य द्वय शिव कुमार बरुवाल तथा जानकी गुरुङ साथै नेपालबाट पाल्नु भएका नेपाली सेनाका मेजर राजेश सिह बिशेष अतिथि को रुपमा रहेका थिए ।

समारोहमा संघको आगामी पाचौ अधिवेशन अन्तर्गत सदस्यता वितरण कार्यमा सबै बेल्जियमबासी गैर आवासीय नेपालीहरुका लागी सदस्यता खुल्ला गरिएको र सदस्यता लिनको लागी सबै लागी पर्नु पर्ने तथा सदस्यता लिनको लागी सबैलाई सहज हुने गरि सम्वन्धित क्षेत्र हरुमा उप-संयोजक मार्फत पनि सदस्यता वितरण व्यवस्था मिलाएको र अझै सहजीकरणको लागी कार्यालयको व्यवस्था समेत गरेकोमा कार्यलयमा आई आफ्नो सदस्यता फारम भरि बुझाउन पनि सकिने समेत व्यवस्था मिलाएकोमा बिशेस धन्यबाद दिदै बिशेष अतिथिहरु अर्जुन कुमार श्रेष्ठ,जानकी गुरुङ तथा शिव कुमार बरुवालले आ-आफ्नो छोटो मन्तब्य व्यक्त गरेका थिए ।

त्यसै गरि आगामी अधिवेशनको तथा निर्वाचन प्रक्रिया लाई कसरी सौहार्द पूर्ण बातावरणमा सम्पन्न गर्न निर्वाचन आयुक्त बोधराज पौड्यालले सबैको सल्लाह सुझाव तथा सहयोग को खाचो रहेकोले बताए र सदस्यता बितरण प्रक्रिया शुरु भई सकेको र यसलाई सबैका माझ लैजान को लागी सबैलाई अनुरोध गर्दै निर्वाचन प्रकियाको बारेमा सबैलाई सहज हुने बातावरण सृजना गर्न समेत सबैको सहयोग को अपेक्षा गरेको बताए । उनले निर्वाचनका बारेमा सबै सूचना द्वारा प्रकाशित गरि जानकारी समेत छिट्टै गराउने समेत अवगत गराए ।

कार्यक्रममा एनआरएन बेल्जियमका सस्थापक उपाध्यक्ष तथा व्यवसायी पुष्पराज अधिकारीले सम्पूर्ण बेल्जियममा रहेका नेपाली हरुलाई गैर आवासीय नेपाली संघमा आवद्ध गरि उनीहरुलाई बिस्तृत रुपमा नेपाल प्रति संगठनले गर्ने ठोस योजना तर्जुमा गरि जानकारी गराउदै नेपालमा सिंगो सस्थाको तर्फ बाट नेपालको बिकाशमा सहयोग पुर्याउन अभिप्रेरित गराउनु पर्ने कुरामा जोड दिएका थिए ।

त्यसै गरि कार्यक्रममा संघका सल्लाहकारहरु सीता सापकोटा, सीपी भट्ट, बोधराज पौडेल, पदम गुरुङ, त्यसै गरि उपाध्यक्ष द्वय गोपाल सिम्खडा, बिजय मल्ल, आन्त्रोपेन सदस्य तुङ्गा निरौला, अनेसास बेल्जियामका अध्यक्ष दिपेन्द्र के सी, नवलपरासी सहायता समाजका अध्यक्ष रमेश सापकोटा, ईन्द्र्धनुष क्लवका अध्यक्ष सुर्य ढकाल, ओएनफ बेल्जियम का प्रतिनिधि सरस्वति चापागाई लगाएत अन्य महानुभावहरुको उपस्थिति रहेको थियो ।

उपस्थित बिशेष अतिथि लगाएत अन्य महानुभावहरुले एनआरएन को सदस्यता फारम भरि कार्यालयमा बुझाएका थिए ।स्मरण रहोस गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता वितरण/नबिकरण अवधि आगामी जूलाई ३१ सम्म रहेको छ ।