नेपालीनेपाली डटकमको अनुरोध:- सकिन्छ आँफै गर्नुहोस् सकिदैन अरुलाई गर्न दिनुहोस्


पोर्चुगलबाट संचालित नेपाली वेभ अनालाईन मिडियाले  नेपालीनेपाली डटकमको पहिलो बार्षिकउत्सव समारोहमा निशुल्क भन्दै रकम संकलन गरेको भन्दै,संघ सस्थाका प्रतिनिधिहरुलाई उदृत गरेर बनाईएको समाचार जस्तो देखिने तर पत्रकारको नै व्यक्तिगत बिचार प्रयोग गरिएको प्रकाशित बिषयबस्तुको नेपालीनेपाली डटकम जोडदार रुपमा खण्डन गर्दछ।

स्पेनमा कुनै पनि संघ सस्थाले गर्ने कार्यक्रममा एकले अर्कालाई सहयोग गर्ने, पहिले देखि चल्दै आएको परम्परा नै हो। तसर्थ ईच्छुक संघ सस्था वा ब्यक्तिगत रुपमा स्वईच्छाले मिडियाको कार्यक्रमलाई गरेको सहयोगलाई मोडेर गलत अर्थ लाग्ने गरि, जन मानसलाई गलत भ्रममा नपार्न अनुरोध गर्दछ।

नेपाली वेभले लगाएको आरोप:- १० औ पटक मिटिंग गरेर सहयोग रकम माग्ने यो चाहिँ के हो चारै तिर प्रश्न उब्जिएको छ।

हाम्रो खण्डन- अहिले सम्म बार्षिकउत्सव तयारीको लागि २ पटक सम्म बैठक सम्पन्न भएको छ। बैठकमा कार्यक्रम गर्ने तयारी बारे छलफल गरिएको थियो। बैठकमा को – को सँग रकम मागियो, वा कसले दिए ? अरु आठ पटक कहाँ मिटिंग बस्यो प्रमाण पेश गर्न अनुरोध।

नेपाली वेभको विचार -कार्यक्रम निशुल्क गर्न आँट गर्नेले कसैलाई पत्राचार गरेर सहयोग गरिदिन अनुरोध गर्दैनन्।
हाम्रो खण्डन:- कार्यक्रम निशुल्क तब हुन्छ जब कसैको सहयोग मिल्छ। सहयोग गर्नुहोस् भनेर पत्रचार गरेको पनि समाचार बन्छ भने सम्पादकियले यसबारे चासो राख्न अनुरोध।

– कार्यक्रमबाट संकलन सहयोग रकम नेपालमै भुकम्प पिडितलाई दिने गरे उनीहरुको आत्मा खुसि हुने थियो कि ?

हाम्रो खण्डन – सबै जसो आजभोली देश बिदेशमा हुने कार्यक्रमहरु भूकम्प पिडितको सहयोगको नाममा मात्र हुँदै आएका छन्। तर सबैले रकम संकलन गर्न सकिरहेका छैनन्। कतिपयले रकम संकलन गरेर पनि समयमा नै बास्तबिक पिडित समक्ष पुर्याउन सकिरहेका छैनन्।

स्पेनमा भूकम्प पिडितहरुलाई सबैले एकपटक सहयोग गरिसकेका छन्। त्यसैले नै १ लाख युरो भन्दा बढी संकलन हुन सफल भयो। तर हाम्रो अहिलेको उदेश्य पुनर्निमाणको लागि मिडियाले गर्न सक्ने जनचेतना मुलक कार्यक्रम हो।

‘शोकलाई शक्तिमा बदलौं,देश दुखेको बेला एक पटक गाँउ फर्कौ ‘भन्ने अभियानका साथ यस्तै किसिमका जनचेतनामुलक सामाग्री प्रस्तुत गर्दैछौ। यही प्रभावले कोहि एक जना युवक गाँउ फर्को भने पनि एउटा छाप्रो बन्न सक्छ, त्यति बेला पनि पिडितको आत्माले खुशी पाउँछ भन्ने हाम्रो ठम्माई छ।

– शोक धुनले मात्र उनीहरुको पेट अघाउदैनन् होला सिङ्गो देशनै भुकम्पको महाविपत्तीको संकटमा परिरहेको अवस्थालाई नजिकबाट नियालेको मिडियाले कार्यक्रमलाई त्यसतर्फ ढाल्दै सहयोग मै जुट्न आव्हान तर्फ़ ध्यान दिएको भए सुनमा सुगन्ध हुने र हजारौ पिडितले राहत समेत पाउने थिए कि भन्ने नेपाली वेभ मिडियाको सल्लाह तथा सुझाब रहेको छ ।

हाम्रो धारणा –  सल्लाह तथा सुझाबको लागि नेपाली वेभलाई धेरै धेरै धन्यबाद। शोक धुनले पेट अघाउँने भए देश विदेशबाट राहत लिएर जीवन मरणको दोसाधमा पर्दै राहत बाँड्न कोहिँ जाने थिएनन्। नेपाली वेभको टिमले पनि पिडितलाई सहयोग गर्दै राहात बाँडेको खबरले सबै मिडियाकर्मीलाई खुशी बनाएको छ। तर अरुले कार्यक्रम नगर्दै शोक धुन मात्र बजाउदै छन् भनेर आलोचना गर्नु राम्रो हो र ? कम्तीमा कार्यक्रम सकिए पछि आलोचना गरिदिनुहोस्। सकिन्छ आँफै गर्नुहोस् ,सकिदैन अरुलाई गर्न दिनुहोस्

अन्त्यमा हाम्रो सुझाव :-

कहिँ कतै कसैलाई लान्छना लगाईएका समाचार वा विषयबस्तुले अरुलाई चोट पुर्याएको हुन सक्छ। तसर्थ सम्पादकीय टिमले यस्ता बिषयबस्तुमा प्रकाशित हुनु अगावै ध्यान पुर्याईदिनु हुन अनुरोध।

नोट- नेपालीनेपाली डटकमको बार्षिकउत्सव बारे चासो राखेर,कार्यक्रमको उदेश्य बिपरित गलत अर्थ लाग्ने सामग्री प्रकाशित भए पछि त्यसको खण्डन गरिएको हो।