नेदरल्याण्ड्सबाट एकै दिनमा एक करोड सहयोग


– अमित कार्की,

आमस्टारडाम/ विनासकारी महाभुकम्पबाट प्रभावित नेपालको पुःननिमार्णका लागि नेदरल्याण्ड्सबाट एकै दिनमा एक करोड भन्दा बढी रकम संकलन भएको छ ।

२८ जुनका दिन नेदरल्याण्ड्सको मास्टिक शहरमा ग्लोवल एक्सपोलोरेसन नामक संस्थाले नेपालमा सहयोग गर्ने उद्धेश्यका साथ आयोजना गरेको नेपाल डे मार्फत उक्त रकम जम्मा भएको हो ।

नेपाल फेस्टिवलका रुपमा संपन्न उक्त कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम तथा स्टलहरु मार्फत उक्त रकम जम्मा भएको हो । कार्यक्रममा उपस्थित भएका गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सका वरिष्ठ उपाध्यक्ष हिमाल गुरुगंलाई आयोजक ग्लोवल एक्सपोलोरेसनले साँकेतिक चेक हस्तान्तरण गरेका थिए ।

उपाध्यक्ष गुरुगका अनुसार उक्त रकम एनआरएन नेदरल्याण्ड्स मार्फत नभै नेपालमा कार्यरत कुनै डच संस्था मार्फत सहयोग गरिने आयोजकहरुले जानकारी दिएको बताएका छन् । उनले उक्त रकम कहाँ कसरी हुनेछ, त्यस्को आँफुले जानकारी लिई सार्वजानीक गर्ने बताए ।

यस पुर्व नेदरल्याण्ड्सबाट खिरो ५५५ अभियान मार्फत करिव एक अर्व उठाउने बताइएको छ । तर यो सहयोग भने अतिरिक्त सहयोग हो ।