मन्त्रीको हिले दिमाखले काम गरेको छ कि छैन ? परिक्षण गर्ने कि !


– मोहनराज बराल “मून”
नेपाल सरकारले सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न कानुन लागू गरिसकेपछि कानुनको धज्जी उडाउँदै कृषि मन्त्री हरिप्रसाद पराजुली   चर्चामा आए ।  सार्वजनिक कार्यक्रममा सुर्ती मोलेर खाएको घटना सेलाउन नपाउदै असार १५ गते राष्ट्रिय धान दिवस मनाउने क्रममा अर्को हर्कत देखाउदै विवादमा तानिएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा काठमाडौंको मूलपानीमा आयोजित रोपाई मेलामा हिलो खेल्न खेतमा उत्रिए । स्थानिय महिलासँग हिलो खेल्ने क्रममा मन्त्री पराजुलीले आफ्नो औकात मात्रै होईन मर्यादा समेत भुलेर स्थानिय महिलाको इच्छा विपरित अंकमाल गरे ।

झट्ट हेर्नेलाई त्यो दृश्य कुनै चलचित्रका लागि छायाँकन भैरहेझै लाग्छ फेरि यो चर्तीकला देख्दा इमरान हासमीको भन्दा ज्यादा नै छ। हासमी त सिनेमाको पर्दामा मात्रै यस्ता हर्कत गरिरहेका भेटिन्छन् । तर मन्त्री पराजुलीले सबै सीमा नाघे । भिडियोमा देखिए अनुसार उनी हिलो मुख लिएर महिलाको जिउँमा जर्बरजस्ती मुन्टो धस्तै हिडेका देखिएँ। महिलाले असहज मान्दै ईन्कार गर्दा पनि मन्त्रीको हिले दिमाखले काम नगरे जस्तै देखियो।

स्थानिय महिलाहरु मन्त्रीको यस्तो हर्कत देखेर रिसाएका देखिन्थे कोही हाँसेर उडाए जस्तो पनि। तर मन्त्रीका हर्कतका यि दृष्यहरू जब सार्वजनिक मिडियामा र सोसल मिडियामा हेरिन्छ।आंड्ग सिरिड्ग हुन्छ,देख्न लाज लाग्छ मन्त्रीको हर्कत, अहिले महिलालाई झम्टिँदै गरेको अश्लिल हर्कत देखाएको फोटो, भिजुअल र समाचार नेपाली सोसल मिडियामा भाइरल बनेका छ। विरोधका आवाजहरू उठेका छन् । सदनमा पनि  कार्बाहीको कुरा उठ्यो, मन्त्री कै पार्टी एमालेमा पनि बिरोध छ।  केहि महिला नेतृहरूले तत्कालै बर्खास्त गरेर कारवाही थाल्न एमाले नेतृत्वमाथि दबाब दिईरहेका पनि छन् ।

फेरि भर्खरै कार्यान्वयनमा आएको कार्य थलोमा हुने यौनजन्य दुर्ब्यबार (निवारण) ऐन २०७१ अनुसार महिलामाथिको हिंसा सम्बन्धी निर्देशिका अनुसार मन्त्री पराजुली सिधै दोषी देखिन्छन् । तर यहाँ सानालाई ऐन, ठुलालाई चैन भने जस्तै छ। यदि मन्त्रीलाई पनि ऐन लाग्ने हो भने उनलाई मन्त्रीबाट बर्खास्त गरी कानुनी कारवाही अगाडि बढाउँनु पर्छ । यदि कसैले यस्तो उपद्रो गरेको भए उसलाई ५० हजार जरिवाना र ६ महिनासम्म जेल सजायँ सम्म हुन सक्थ्यो ।

तपाईं हामीले जो कोही सर्वसाधारणले सार्वजनिक स्थलमा यस्तो हर्तक गरेको भए बलात्कार प्रयासको आरोपमा गिरफ्तारी गर्न तिनै सरकारका मान्छेले निर्देशन दिने थिए । तर, सरकारका जिम्मेवार मन्त्रीले गरेको यो हर्कतका पछाडि सरकारी निकाय चुपचाप मौन देखिन्छ।

11304159_1078570165504600_860530763_n

मोहनराज बराल “मून

”फेरि कृषि सचिव उत्तम कुमार भट्टराई त्यो फोटो मन्त्रीज्यूको हैन, पत्रकारले गाँसेका हुन् भनेर मिडीयामा बोल्दा अच्चम मान्नु पर्ने कुराछ लाग्छ यि उम्काउन खोजेका छन् ।फेरि कृषिमन्त्रीलाई रोपाइँमा बोलाउने कृषि समूहरुले उनका गतिविधिको बचाउँ गरेका छन्। मनोहरा मिश्रित कृषक समूह अध्यक्ष नर्मदा फुयाल तथा महांकाल सफल कृषक समूह अध्यक्ष पार्वती चापागाइँले बुधबार दिउसो संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुको आग्रहमा मन्त्री कार्यक्रममा सहभागी भएको उल्लेख गरेका छन्।

‘माननीय मन्त्री ज्यूलाई हाम्रै आग्रहमा कायक्रममा सरिक हुन अनुरोध गरेको हुँदा उहाँप्रति फैलाइएको भ्रामक समाचारको खण्डन गर्न चाहन्छौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अबका दिनमा यस्ता कपो–कल्पित, भ्रामक र दिग्भ्रमित पार्ने खालका समाचार प्रेषित नगर्न समेत ध्यानाकर्षण गराउछौं।’लाग्छ आयोजक नै मन्त्रीलाई खुशी बनाउदै बचाउँमा लाग्दै छन् ।

मानौ यिनीहरू महिलाका पिडाहरूमा मतलब बिहिन छन् ।  के सार्बजनिक भिडियोहरूबाट नै प्रष्ट छैन यो गाँसेका फोटाहरू हुन र सचिव ज्यू ? यी मिडीयामा आएका भिडियोहरू गाँसेका हुन? कसैले छातीमा टाउको धसेर हर्कत गर्छ ? रमाइलो गर्दा गर्दैको संयोग पनि यस्तो हुन्छ ?

फेरि सत्य के हो भने चाकडी र चाप्लुसी गर्नेहरूले हाम्रा सचिव र आयोजक झै भन्नु स्वभाविक हो ।फेरि यो सुनियोजित थियो भनेर कसैले अनगर्ल प्रचार गरेर बचाउँ गर्न खोज्नेहरू पनिको भुमीका सुनियोजित हुन्छ।

मन्त्री पराजुली घटना पछि संचार माध्यममा भन्छन्, “होलीमा रंग खेलिन्छ, असारमा हिलो खेलिन्छ । त्यहि आधारमा गरिएको हो ।”यो उत्तर सुन्दा हाँसो पो लाग्छ हर्कतको लागी यी दाउमा रै छन् । मन्त्री ज्यू !मन्त्री जस्तो मान्छे रोपाइँमा सहभागी भएपछि त हलो,कोदाली अनि धानको बीउ पो समात्नुपर्ने हैन ? हिजो मन्त्री मिनेन्द्र रिजालले पोखरामा हलो,कोदाली अनि धानको बीउ समातेको थिए रोपाई समारोहमा सहभागी भएर तर कृषि मन्त्री हत्केलाले सुर्यलाई छेक्न खोज्दै छन। झुटको खेतिमा तल्लिन हुदै छन् ।

नेतृहरू रामकुमारी झाँक्री ,दिलु पन्तले आफ्ना पाटीमा विरोध गरेका छन।युवा संघकी सचिव मञ्जु यादव मन्त्री पराजुलीलाई तुरुन्त निष्काशन गर्नुपर्ने माग गर्छिन् । ‘यस्तो महिला हिंसा गर्ने मन्त्रीलाई हाम्रो पार्टीले कारबाही गर्नुपर्छ ।’ उनी भन्छिन्, ‘जनावरलाई मन्त्री बनाइएको रहेछ जनावर जस्तै व्यबहार गरेको छ । कारबाहीको लागि हामी आन्दोलन गर्न तयार छौं ।

फेरि हाम्रो देश उहि नै हो भ्रष्टाचारको अभियोगमा खुमबहादुर खड्कालाई जेल हाल्दा नारा जूलूस भयो। फेरि कार्यकर्ताहरुले जेलबाट निस्किदा फुल माला गरेर विश्व सामु भ्रष्टचारिको मनोबल बढाउने कार्य गरे। यसकारण पनि शंका लाग्छ कतै यिनीलाई पनि कसैले फुलमाला लगाइदिने त होईनन् ?

फेरि यहाँ महिला अधिकारको वकालत गरेर कहिल्यै नथाक्ने हाम्रा अधिकारकर्मीहरू नजरमा यसलाई सार्वजनिक स्थलमा महिला विरुद्ध यौनजन्य हिंसा मान्छन् कि मान्दैनन् ? यदि उनिविरुद्ध कुनै कारबाही गर्न सकिएन भने त्यसपछि महिला अधिकारको कुरा कहाँसम्मको स्तरमा छ भनेर बुझ्ने होला सर्वसाधारणले ?

अरबौं खर्च गरेर बन्न लागेको संबिधानबाट पनि के आशा गर्ने जनताहरूले ? नेपालमा कृषि मन्त्रिले नै महिला माथि अभद्र व्यवहार गर्दा सरकार किन चुप छ? गृह मन्त्रालय कहाँ छ? माननीय कृषि मन्त्रि ज्यू ! तपाईं त देश नागरिकको अभिभाबक पनि हो । के सार्वजनिक स्थलमा नारी माथि हातपात गर्न तपाईको मुल्य मान्यताले दिन्छ?। के तपाईका घरमा आमा,दिदी र बहिनी छैनन् ? कसैले त्यस्तै हर्कत परिबारमा कसैलाई गर्यो भने त्यो बेला कानुन लाग्छ कि लाग्दैन ?