डेनमार्कमा जे. एस. एस. कप फुटबलको रौनक


– प्रकाश ढकाल

कोपनहेगन । यही जुन महिनाको दोस्रो साता डेनमार्कमा रहने नेपाली नेपाली बीच भलिबल प्रतियोगीता सम्पन्न भइ सके पश्चात अहिले फेरि फुटबलले माहौल तातेको छ । जनसम्पर्क समिति डेनमार्कले आयोजना गर्न लागेको दोस्रो जनसम्पर्क कप फुटबल प्रतियोगीताको कारण अहिले फेरि फुटबलको माहौल बनेको हो ।

अघिल्लो वर्ष पनि जनसम्पर्क समितिले फुटबल प्रतियोगीता गरेको र अहिले त्यसैको निरन्तरता हो । प्रत्येक वर्ष गर्मी महिनाको अवसर पारेर यसरी नै भव्य फुटबल प्रतियोगीता आयोजना गरिने जनसम्पर्क समितिले बताई सकेको छ ।

Screen Shot 2015-06-30 at 10.25.49अघिल्लो वर्षको प्रतियोगीता भव्य र सभ्य रुपले सम्पन्न भएको र यो वर्ष अझै भव्य बनाइने जनसम्पर्क समितिका अध्यक्ष नवराज आचार्यले बताएका छन । प्रतियोगीता भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराखिने पनि उनले बताए ।

Screen Shot 2015-06-30 at 10.26.16
जनसम्पर्क समितिले अघिल्लो वर्ष पनि निकै सफलता पुर्वक फुटबल प्रतियोगीता संचालन गरेको थियो । अघिल्लो वर्षको खेल आयोजनाले डेनमार्कमा रहेका फुटबल प्रेमीहरुलाई निकै उत्साहित पनि बनाएको थियो । प्रायोजक देखि सह-प्रायोजक सम्मले निकै सहयोग गरेका थिए । यसपाली पनि सबैको सहयोगको अपेक्षा आयोजकले गरेको छ ।

Screen Shot 2015-06-30 at 10.27.31
यस पटकको प्रतियोगीतामा पनि अघिल्लो पटक जस्तै नकाउट चरण अन्तर्गत नै खेल खेलाइने आयोजकले बताएका छन । जनसम्पर्क समितिका खेलकुद संयोजक तथा फुटबल प्रतियोगीता आयोजनाको संयोजन गरिरहेका कृष्ण गिरिले बताए अनुसार खेल ‘सेभेन ए’ साइड अन्तर्गत खेलाइने भएकोले अघिल्लो पटक भन्दा यस पटक धेरै टिम दर्ता हुने सम्भावना रहेको बताए । धेरै टिम भए पनि व्यबस्थापन पनि सोहि अनुसार गरिने उनले बताए ।

Screen Shot 2015-06-30 at 10.29.06प्रवासमा खेल प्रतियोगीता मात्र नभई नेपाली नेपाली बीच भाइचाराको सम्बन्ध स्थापित गर्नको लागि पनि हो । खेलले सम्बन्धहरुलाई अझै नजिक बनाउँछ र साथीभाई बीच चिनजान पनि बढाउँ मद्धत गर्छ । प्रवासमा भेटघाट र जमघटको लागि खेल अपरिहार्य बनेको छ ।

Screen Shot 2015-06-30 at 11.24.52
खेल प्रतियोगीता आयोजना नजिकिए संगै नेपालीहरु बेल्लाहोए र रिपार्कनको मैदानमा खेल खेल्न शुरु गरिसकेका छन् । बेल्लाहोए को तीन वटा मैदानमा हरेक दिन नेपालीहरुले खेलिरहेको देखिन्छ । कुन टिमबाट को खेल्दै छ भन्ने चासो पनि उत्तिकै छ ।

तस्वीरहरु अघिल्लो वर्ष प्रथम जनसम्पर्क समिति कप आयोजना हुँदाको समयको हो र आयोजकले नेपाली नेपाली डट कम लाइ उपलब्ध गराएको हो ।