आज असार पन्ध्र,पोखरामा रोपाई महोत्सव ( फोटो कथा )


पोखरा/

आज असार १५ अर्थात धान दिवस । राजधानीलगायत देशका विभिन्न स्थानमा धान दिवस धान रोपाइँ गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९६६ लाई भोकमरीबाट मुक्त भन्ने नारासहित धानबालीलाई वर्ष बालीको रूपमा मनाउने घोषणा गरेको थियो । नेपालले विसं २०६२ देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ ।

यसैबीच ‘पोखरा सबै मौसमका लागि’ र ‘हिलोमा एकपटक टेक्नुपर्छ है’ भन्ने नारासहित रोपाईं महोत्सवको चलिरहेको छ । पोखरा पर्यटन परिषदको आयोजनामा हरेक वर्ष गरिने उक्त महोत्सवको १२ औं संस्करण हो।

नेपाल पर्यटन बोर्ड र पोखरा उद्योग वाणिज्य संघको प्रवर्द्धनमा महोत्सवको आयोजना गरिएको हो।

11269546_1097254886969461_1711103555_n
पोखरामा आन्तरीक तथा वाहृय पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले हुने महोत्सवको स्थानीय आयोजकमा विरौटा क्लव रहेको छ । महोत्सवमा विदेशी पर्यटकसहित विभिन्न महिला तथा आमा समुहले प्रतिष्पर्धात्मक रुपमा हिलो खेल्दै धान रोप्ने कार्यक्रम रहेको छ।
महोत्सवको अवसरमा हिलो सम्याउने प्रतियोगिता, असारे गितसँगै रोपाईं, विदेशी र नेपाली सहित विभिन्न समुहको रस्साकस्सी, माछा समाउने, विद्यार्थी, पत्रकार र पर्यटकको हिलो दौडको आयोजना गरिएको छ ।

तस्बिर- मोहनराज बराल “मुन “

11651144_1097254926969457_1930074632_n11651299_1097255000302783_1243041180_n 11652166_1097254976969452_1966033206_n11696777_1097254826969467_852214254_n