बेल्जियमको चहलपहल बन्यो एनआरएन युरो च्याम्पियन


बार्सिलोना /

युरोपमा रहेका गैर आवासीयहरु बीच भएको “एनआरएन युरो कप” को उपाधि बेल्जियम भित्रिएको छ।  फाईनल खेलमा एनआरएन हल्याण्डको समुहलाई पराजित गर्दै बेल्जियमको चहलपहल समुहले उपाधि चुमेको हो।

अति नै प्रतिस्पर्धात्मक रुपमा सम्पन्न प्रतियोगिताको फाईनलमा हल्याण्डलाई ३-२ को गोल अन्तरले पराजित गर्दै चहलपहलले जित दर्ता गराएको हो। यस्तै  बेल्जियम कै एन बि जुनियर क्लबले तेस्रो स्थान हासिल गर्यो।

बिजेता टिम चहलपहलले दुई हजार एक सय स्विस फ्रान्क ( करिब २ लाख ३० हजार रुपैयाँ), उप बिजेता होलाण्डले एक हजार तिन सय स्विस फ्रान्क ( करिब १ लाख चालिस हजार रुपैयाँ ) र तेस्रो बनेको एन बि जुनियर क्लबले सात सय स्विस फ्रान्क ( करिब ७५ हजार रुपैयाँ ) पाप्त गरेका छन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्विजरल्याण्ड एबं स्विसबासी नेपालीहरुको आयोजनामा दुई दिन सम्म चलेको प्रतियोगिता हेर्न युरोपका बिभिन्न मुलुकहरुबाट नेपालीहरु पुगेका थिए।

प्रतियोगितामा बेल्जियमबाट सर्बाधिक ५, जर्मनीका २ र स्पेन,ईटली,फिनल्याण्ड,पोर्चुगल,नेदरल्याण्ड,लक्जम्बर्ग,डेनमार्क,नर्बे र स्विजरल्याण्डबाट गरि एक- एक गरी १६ टिमले सहभागिता जनाएका थिए।

स्विजरल्याण्डका लागि नेपाली राजदूत दीपक धिताल र गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषद् उपाध्यक्ष भवन भट्ट, यूरोप क्षेत्रका संयोजक अर्जुन कुमार श्रेष्ठ लगायतले उपस्थिति जनाउँदै खेलाडीहरुलाई हौसला दिएका थिए।

तस्बिर साभार :- मेरो जिल्ला