फेसबुक अभियानकर्ता बरालको पुर्ब प्रधानमन्त्री सँग भेटबार्ता,


पोखरा/
सामाजिक संजाल फेसवुकको मार्फत राहत संकलन गरी राहत वितरण गरिरहेका पोखराका यूवा मोहन राज वराल “मून” ले आफ्नो ९ औ चरण अन्तर्गत धादिङ्गको स्कुल बनाउँन सहयोग गरेका छन्।

पिडा गा.वि.स. बडा न.२ मा रहेको मानेभन्जाड्ग प्राबिलाई पुनर्निमाणको लागी चाहिने १० बण्डल जस्ता पाता ,१५ बोरा सिमेन्ट, ८१ जना बिद्यार्थीहरुलाई स्कुल झोला स्टेशनरी,खेलकूदका सामाग्रीहरू बितरण गर्दै सहयोग गरेका हुन्।

नवौ चरणको राहतको लागि अभियानमा दुबइको फ्रेश् एक्स्प्रेस्स् र मास्थन् सँगै साइप्रसको गेट फ्रेशले मुख्य सहयोग गरेको उनेले जानकारी गराए।

बितरण कार्यक्रममा स्कुलका सहायक प्रधानध्यापकले राहत टोलीलाई स्वागत गरेका थिए भने व्यवस्थापन समितीका अध्यक्ष रेशम श्रेष्ठले धन्यवाद ज्ञापन गरदै आफुहरूले भोलिबाटै पुनर्निमाणको काम थाल्ने प्रतिबद्धता ब्यक्त गरे।

यस्तै पूर्व मन्त्री कल्पना धमलाको बिशेषउपस्थितिमा सम्पन्न कार्यक्रममा दुबइको फ्रेश् एक्स्प्रेस्स् र मास्थनका म्यानेजर हेमन्त पोख्रेलले वास्तविक भुकम्प पीडित स्कुलको आकाश देखिने त्रिपाल मुनि पुगेर राहत दिन पाएकोमा खुशि ब्यक्त गरे।

फेसबुक अभियानकर्मी मोहन राज बरालले राहत वितरण कार्यक्रमको संचालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता साइप्रसको गेट फ्रेश म्यानेजर हरी क्षेत्रिले गरेका थिए। कार्यक्रममा स्थानीय समाजसेबी धुर्व सुवेदी ,प्रत्रकार राजु क्षेत्री, युवा समाजसेवीहरू विशाल थापा र सुर्य अधिकारी लगायतको उपस्थिति रहेको थियो।

11667242_1096295290398754_1112745152_n

फेसबुक अभियानकर्ताको डा बाबुराम भट्टराई सँग भेटबार्ता

फेसबुक अभियान कर्ता बरालले पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराई सँग पोखरामा भेटबार्ता गरि आफ्नो अभियान बारे जानकारी गराएका छन्। भेटमा डा भट्टराईले अभियान बारे खबरले आफ्नुलाई खुशी तुल्याएको बताउदै अब देश निर्माणमा पनि हरेक युवा यसरी नै लाग्नु पर्ने बताएको बरालले जानकारी दिए।

सो अवसर अभियान कर्ता बरालले अहिले सम्म संकलन भएको रकम तथा राहत बितरणका बिभिन्न चरण बारे भट्टराईलाई जानकारी गराएका थिए।