बेल्जियमको तिन तारे होटल नेशनलको औपचारिक उद्घाटन


काठमाडौं / गैरआवासीय नेपालीद्वारा प्रवर्द्धित बेल्जियमस्थित पीबीए ग्रुप र जापानको टीबीआई ग्रुपको संयुक्त लगानीमा स्थापित होटल नेशनलको औपचारिक उद्घाटन भएको छ ।

बेल्जियमका उपप्रधानमन्त्री क्रिश पीटर्स, संसदका सदस्य नाहीमा लंगेरी तथा टीबीआईका अध्यक्ष भवन भट्टले एक भव्य समारोहवीच आन्त्रोपेनस्थित सो होटलको उद्घाटन गरे ।

उद्घाटन समारोहमा उपप्रधानमन्त्री पीटर्सले बेल्जियमले सधै वाहृय लगानी प्रोत्साहित गर्दै आएको बताउादै यसले मुलुकमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक बृद्धि र आन्तरिक प्रतिस्पर्धामा उल्लेखनीय योगदान पुगेको बताए ।

उनले नेपाली जनता सहृदयी भएको भन्दै हालै गएको विनासकारी भूकम्पपछि आफूहरुले पनि सेवा गर्न पाएकोमा प्रसन्नता पनि व्यक्त गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्षसमेत रहेका टीबीआई अध्यक्ष भट्टले जापान, नेपाल, अष्ट्रेलिया, हङकङ, सिंगापुर बेल्जियम, अमेरिका, भारतलगायत मुलुकमा कम्पनीको व्यावसायिक सञ्जाल विस्तार भइसकेको जानकारी दिए ।

टीबीआईले होटल तथा रिसोर्ट, खाद्य तथा पेय पदार्थ, नेटवर्क, हवाइ उड्डयन, ट्राभल एन्ड टुरिजम, एफएमसीजी, आइसीटी, मिडिया, पूर्वाधार, व्यापार, शिक्षा तथा तयारी पोशाक उद्योगमा लगानी गरेको उनले जानकारी दिए । ‘हामी अझै व्यवसाय विस्तार गर्दै जानेछौं, यतिमै रोकिनेवाला छैनौं’ उनले भने ।

पीबीए र टीबीआईको संयुक्त लगानीमा वेल्जियमका खुलेको यो दोस्रो होटल हो । गत जुनमा आन्त्रोपेन नजिकै सेन्ट निक्लासमा होटल न्यू फ्लान्दर संचालनमा आइसकेको छ । यो तीनतारे होटल खुलेको ६ महिना पछाडी बिहिबार दोस्रो होटलको उद्घाटन भएको हो ।

पीबीए ग्रुपमा टिबीआई ग्रुपका अध्यक्ष भवन भट्ट तथा बेल्जियमका ब्यवसायीद्वय अर्जुनकुमार श्रेष्ठ र प्रेम गुरुङ रहेका छन ।

सन् २००५ देखि बेल्जियममा ब्यबसाय संचालन गर्दै आएका एनआरएन युरोप संयोजक श्रेष्ठ सफल युवा व्यवसायीको रुपमा परिचित छन । विगत एक दशकदेखि बेल्जियममा बस्दै आएका उनले होटल, रेष्टुरेन्ट, सुपरमार्केटजस्ता आधा दर्जन व्यवसायमा सफलता पाएका छन् ।

नेशनल होटल बिहिबारबाटै पूर्ण रुपमा संचालनमा आएको छ । जसमा ४० कोठा रहेका छन् भने एकपटकमा ९२ जनासम्म पाहुनालाई सेवा दिनसक्ने क्षमता छ । बेल्जियमको राजधानी ब्रसेल्सदेखि झन्डै ४५ किमीको दूरीमा अवस्थित पर्यटकीय शहर आन्त्रोपेनको केन्द्रमा रहेको यो होटलमा १५० जनाको सेमिनारका लागि प्रविधियुक्त सभाहल समेत रहेको छ ।

साथै १७० गाडी पार्किंङ सुबिधा रहेको छ । होटलको भूई तलामा रेष्टुरेन्ट समेत संचालित छ । गत डिसेम्वरमा आˆनो स्वामित्वमा लिए लगत्तै होटललाई नयाापन दिन र अत्याधुनिक सुबिधा उपलब्ध गराउन थप लगानी समेत गरिएको थियो ।

कार्यक्रममा बेल्जियमस्थित नेपाली दुतासावका प्रतिनिधि कुमार राज खरेलले बेल्जियमजस्तो प्रतिस्पर्धी बजारमा नेपाली व्यवसायीले सफलता पाइरहेकोमा खुशी व्यक्त गर्दै दुतावास सधै सहयोगका लागि तयार रहेको बताए ।

उद्घाटन समारोहमा नेपाली र विदेशी गरी ३ सयभन्दा बढिको सहभागिता थियो ।

– अनलाईनखबर डटकमबाट