जनप्रगतिशील मञ्च स्पेनका नव निर्बाचित अध्यक्षले के भने ? (अन्तरबार्ता)


बार्सिलोना/

नेपाली जनप्रगतिशील मञ्च स्पेनको एकताको अधिबेशनबाट गंगा प्रसाद भुसाल सर्बसम्मत अध्यक्षमा निर्बाचित भएका छन्। ७ बर्ष पछि बार्सिलोनामा सम्पन्न मञ्चको पहिलो अधिबेशनबाट भुसाल निर्बाचित भएका हुन्।

मञ्चको उपाध्यक्षहरुमा यज्ञ प्रसाद पौडेल,कृष्ण हरी कडेंल,र बिबेक सापकोटा सर्बसम्मत भएका छन्। यस्तै महासचिबमा अर्जुन आचार्य,सचिव बिशाल ढुंगाना र कोषाध्यक्षमा सुर्य सापकोटा चयन भएका छन्।

मञ्चले क्षेत्रीय समिति ग्रान क्यानारियाका अध्यक्ष गगन कुँवर र बिल्बाउबाट राम दाहाललाई सचिव सरह रहने गरि १७  सदस्यीय कार्यसमितिमा समेटेको छ।

नवनिर्बाचित कार्यसमितिका सदस्यहरुमा भोजराज सापकोटा,उमेश पुरी,सुर्य प्रसाद सापकोटा,शिब सुबेदी,अशोक किरण न्यौपाने,प्रकाश पौडेल रहेका छन्। २ जना महिला सदस्य पछि चयन गरिने मञ्चले जनाएको छ।

– अध्यक्ष बने पछि भुसालले के भने त रेडियो स्पेननेपालमा बसन्त रानाभाटले गरेको कुराकानी