जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा भुसाल निर्बाचित


बार्सिलोना/

नेपाली जनप्रगतिशील मञ्च स्पेनको एकताको अधिबेशनबाट गंगा प्रसाद भुसाल सर्बसम्मत अध्यक्षमा निर्बाचित भएका छन्। ७ बर्ष पछि बार्सिलोनामा सम्पन्न मञ्चको पहिलो अधिबेशनबाट भुसाल निर्बाचित भएका हुन्।

मञ्चको उपाध्यक्षहरुमा यज्ञ प्रसाद पौडेल,कृष्ण हरी कडेंल,र बिबेक सापकोटा सर्बसम्मत भएका छन्। यस्तै महासचिबमा अर्जुन आचार्य,सचिव बिशाल ढुंगाना र कोषाध्यक्षमा सुर्य सापकोटा चयन भएका छन्।

मञ्चले क्षेत्रीय समिति ग्रान क्यानारियाका अध्यक्ष गगन कुँवर र बिल्बाउबाट राम दाहाललाई सचिव सरह रहने गरि १९ सदस्यीय कार्यसमितिमा समेटेको छ।

नवनिर्बाचित कार्यसमितिका सदस्यहरुमा भोजराज सापकोटा,उमेश पुरी,सुर्य प्रसाद सापकोटा,शिब सुबेदी,अशोक किरण न्यौपाने,प्रकाश पौडेल रहेका छन्। २ जना महिला सदस्य पछि चयन गरिने मञ्चले जनाएको छ।

पर्बत टकलाक गाबिस ८ सिंगारकोष स्थायी घर भएका भुसालले एकताको महाधिबेशनको नेतृत्व सम्माले पछि संगठनलाई मजबुत बनाउने प्रतिक्रिया दिएका छन्। नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै उनले भने,”स्पेनको समुदायलाई बढी केन्द्रित गर्दै यहाँ देखिएका बिकृतिहरुलाई हटाउने छौ।”

संयुक्त मोर्चा युरोपका सचिब दधिराज घिमेरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् सल्लाहकार पुष्पराज तिमिल्सिना,सदस्य दीपक खरेल, राष्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष एकराज गिरी,नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे,प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष दिनेश गुरुङ लगायत स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुले बोलेका थिए।

कार्यक्रममा स्थानीय कलाकारहरुले साँङ्गीतिक प्रस्तुतीहरु राखेका थिए। मूल आयोजक समितिका संयोजक ईश्वर शर्माको अध्यक्षतामा सम्पन्न अधिबेशनमा गोपाल रेग्मीले संगठनको प्रतिबेदन पेश गरे।

सन् २००८ मा ईश्वर शर्माको अध्यक्षतामा स्पेनमा गठित मञ्च सन् २०१२ मा फेरि महेश्वर कडेलको अध्यक्षतामा अर्कै मञ्च बनेको थियो। तत्कालिन अबस्थामा प्रचण्ड र बैद्य पक्ष गरि विभाजित भएको भए पनि अहिले भने फरक फरक विचार धारा पाईन्छ।

तर एकताको अधिबेशबाट बनेको मञ्चले प्रचण्ड,बैद्य,विप्लव बिचार धारा मात्र होईन सबै प्रगतिशील विचारधाराहरुलाई उन्दै एकताको सन्देश स्पेनबाट दिएको दावी गरेका छन्।

नव निर्बाचित अध्यक्ष भुसाल सँग रेडियो स्पेन नेपालमा बसन्त रानाभाटले गरेको कुराकानी :-