माफी मागे भन्ने समाचार प्रति नेपालीनेपाली डटकमको ध्यानआकार्षण


साईप्रसको लिमासोलमा सम्पन्न “सेभ नेपाल च्यारिटी म्युजिकल कन्सर्ट निकै भब्य रुपमा सम्पन्न भए पनि भूकम्प पिडितलाई रकम संकलन भने शुन्य जस्तै भएको भनी समाचार नेपालीनेपाली डटकमले प्रकाशित गरेको थियो।

बिनाशकारी भूकम्पका पीडितहरुको सहयोगार्थ जुटेका कलाकारहरुले नै पारिश्रमिक लिएको हुँदा रकम संकलन हुन नसकेको भनी, आयोजकबाट नै सूचना पाए पछि समाचार प्रकाशित भएको हो।

जसको प्रमाण स्वरूप सूचना सहितको अडियो रेकर्ड सुरक्षित रहेको छ। भूकम्प पिडितको नाममा देश विदेशमा बढी खर्च गरि भएका कार्यक्रमहरु बाट यदी उपलब्धि शुन्य हुन्छ भने यस्ता कार्यक्रमहरुको खबरदारी गर्न जरुरी देखेर मिडीयाले उठाएको कदम हो।

साईप्रसको कन्सर्टको कलाकारहरुले पारिश्रमिक लिएको बारे आयोजकको भनाई बारेको समाचार प्रकाशित भएको छ। यद्दपी कलाकारहरुले समाचारको खण्डन गरेको भनाई पनि यहि नै प्रकाशित भएको छ।

तर यही परिवेशमा साईप्रसमा भएको भूकम्प पिडित सहयोगार्थ कन्सर्टको बारेमा मिडिया कर्मीले माफि मागे भन्दै झुटो समाचार सम्प्रेषण गरेको प्रति नेपालीनेपाली डटकमले आपत्ति प्रकट गर्दछ। टेलीफोन मार्फत माफी मागेको भनी समाचार प्रकाशित गर्ने मिडियालाई प्रमाण पेश गर्न चुनौती समेत दिदै मिडियाले यथार्थ बाहिर ल्याउन गरेको प्रयासमा साथ दिनुको सट्टा मिथ्या खबर पुर्वाग्रह राख्दै प्रकाशित गरेकोमा ध्यानआकार्षण गराउदछ। प्रकाशित समाचार प्रति यस मिडिया पूर्ण जिम्मेबार रहेको जानकारी गराउदै फैलाएको भ्रममा नपर्न समेत अनुरोध गर्दछ।

साथै भ्रम फैलाउने मिडीयाले नेपालीनेपाली डटकमबाट समाचार साभार गर्दै,स्रोत नखुलाई प्रकाशित गरेका धेरै प्रमाण सुरक्षित रहेको जानकारी दिदै,आफ्नै शैलीमा सहि सूचना प्रबाह गर्न अनुरोध समेत गर्दछ।

– नेपालीनेपाली डटकम