एनआरएन युरो कपबाट स्पेन बाहिरियो


बार्सिलोना/

स्विजरल्याण्डको आराउमामा जारी “एनआरएनए युरो कप” फुटबल प्रतियोगितामा एनआरएन स्पेनको टोली लिग चरणबाट नै बाहिरिएको छ। नर्बेको टोलीलाई जितेर अग्रता लिए पनि लगागार दुई खेलमा हार व्यहोरे पछि प्रतियोगिताबाट बाहिरिएको हो।

स्पेनले नर्बेको टोलीलाई १-० गोल अन्तरले जितेर क्वाटरफाईनलको यात्रामा आशा जगाएको थियो। तर आयोजक स्विजरल्याण्ड सँग ५-२ को गोल अन्तरले लय गुमायो।

अन्तिम खेल चहलपहल बेल्जियम लाई जित्ने अठोटका साथ मैदानमा उत्रिए पनि स्पेनले ३-१ को हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरियो। सो समुहबाट बेल्जियम र आयोजक स्विजरल्याण्डको टिमले क्टारफाईनलको यात्रा तय गरेका छन्।

पुजन तिमिल्सिनाको कप्तानीमा मैदानमा उत्रेको स्पेनको टिममा गोकर्ण डुम्रे, दिपेश गुरुङ,एलन गुरुङ,सबिन गुरुङ,सन्तोष गुरुङ,सुदिप गिरी,सागार क्षेत्री,जीवन कार्की र मिसाल गुरुङ रहेका थिए। यस्तै कोचको भूमिका संघका निबर्तमान सदस्य बल बहादुर कार्कीले सम्हाल्ने भएका थिए।

दुई दिन सम्म चल्ने प्रतियोगितामा ११ मुलुकहरूबाट १६ टिमका खेलाडीहरुले सहभागिता जनाएका छन्। बिजेता टिमले दुई हजार एक सय स्विस फ्रान्क ( करिब २ लाख ३० हजार रुपैयाँ) पाउने भएको छ।

यस्तै उप बिजेताले एक हजार तिन सय स्विस फ्रान्क ( करिब १ लाख चालिस हजार रुपैयाँ ) र तेस्रो हुने टिमले सात सय स्विस फ्रान्क ( करिब ७५ हजार रुपैयाँ ) पाप्त गर्ने आयोजकले जनाएको छ।

फोटो साभार:- मेरो जिल्ला डटकम