यसरी हुँदै छ नेपाली नेपाली बीच स्विजरल्याण्डमा युरोप स्तरीय फुटबल प्रतियोगिता


प्रकाश ढकाल ।
कोपनहेगन । युरोपभर रहेका नेपाली फुटबल खेलाडीहरुको प्रतिभाको प्रफुस्टन आजदेखि स्विजरल्याण्डमा हुँदै छ । आज जुन २७ र भोलि जुन २८ मा स्विजरल्याण्डमा युरोप स्तरिय ‘एन आर एन ए युरो कप’ फुटबल प्रतियोगीता हुँदै छ । ११ देशका १६ टिमले भाग लिने यो खेल प्रतियोगीता रोचक हुने देखिएको छ । तर चासो भने सबैलाई ‘यो कप कसले हात पार्ला?’ यही भैरहेको छ । त्यो चासो अनि जिज्ञासा कपसित मात्रै संवन्धित त पक्कै होइन । युरोप स्तरिय कप हुनाले कुन देशका नेपाली युरोपका फूटबल खेलमा पहिलो होला ? । यो कप युरो टुर्नामेन्टमा पहिलो हुने टिमले उचाल्ने छ । दोस्रो, तेस्रो देश, सर्बोत्तम खेलाडी, रेफ्रीहरुलाई पनि पुरस्कारको ब्यवस्था आयोजकले गरेका छन् । स्विजरल्याण्डबाट स्विसनेपाल डट कमका सम्पादक तथा पत्रकार निराजन श्रेष्ठले जानकारी दिए अनुसार खेललाइ सफलतापुर्वक सम्पन्न गर्न कुनै कसर बाँकी राखिने छैन । उनी आँफै पनि आयोजक समितिमा रहेकोले आयोजनाको सम्पूर्ण तयारी पुरा गरिएको पनि उनले बताए ।

अहिलेसम्म यो कपका लागी सारा तयारी झन्डै झन्डै पुरा भएको छ । खेलाडीहरुको विमादेखि तिनलाई राख्ने स्थल, खाना खाने ब्यवस्था, खेल मैदान, यातायात र कार्यक्रमको अन्तिम रुपरेखा तयार भैसकेको छ । एन आर एनका पूर्व केन्द्रिय अध्यक्ष जिवा लामिछाने देखी हालका उपाध्यक्ष भवन भट्टसम्म जापानदेखि आउंदै छन । एन आर एन युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ पनि जाँदै छन ।

खेलाडीहरु त भए नै । युरोपका नेपालीहरुबिच यतिखेर यही बिषयले पहिलो चर्चा पाएको छ । त्यसैले यो खेल हेर्न र यो मेसोमा विश्वकै सुन्दरदेशमध्येको एक स्वीजरल्याण्डपनि हेर्न नेपालीहरु लालायित देखिन्छन् । त्यसैले धेरै देशबाट अन्य नेपालीहरु खेलाडीहरुसँगै स्विजरल्याण्ड आउने तयारीमा छन् ।

डेनमार्कको टिम पनि उत्कृष्ट ।

डेनमार्कबाट निम्न खेलाडी सहभागी हुँदै छन् ।
१, केवल गिरी
२, सागर के. सी.
३, प्रशान्त श्रेष्ठ
४, प्रगुन भण्डारी
५, पेमा नाम्दुक लामा
६, छेरेन दोर्जे तामाङ
७, निरज श्रेष्ठ
८, रसिक महर्जन
९, विकी महर्जन
१०, अमित कार्की

Dk Football Team(डेनमार्कबाट सहभागी हुने खेलाडीहरु)- तस्वीर स्रोत:स्विजरल्याण्डबाट विजय शर्मा दर्पण

यो प्रतियोगीतामा डेनमार्क ग्रुप ‘ए’ मा परेको छ । जसमा डेनमार्क, फिनल्याण्ड, बेज्जियम दीप र लक्जम्बर्ग परेका छन् । यो समुहमा बेल्जियम लाइ उत्कृष्ट मान्न सकिन्छ र त्यसपछि डेनमार्क नै रहेको छ । तर डेनमार्कको टिममा अलि अनुभवी खेलाडी पनि भएकोले बेल्जियम लाइ पराजीत गर्ने सम्भावना पनि उत्तिकै छ । लिग चरणमा खेलाइने भएकोले डेनमार्क ग्रुप  प्रथम नबने दोस्रो बन्न कसैले रोक्ने छैन । ग्रुपमा  पहिलो भए ग्रुप बी को दोस्रो भएको टिमसंग खेल्ने छ भने ग्रुप ए मा दोस्रो भए ग्रुप बी को पहिलो संग खेल्ने छ । ग्रुप बी मा हल्याण्ड, इटाली, जुनियर बेल्जियमर जर्मन म्युनिक रहेका छन । दोस्रो चरणबाट पार भएको खण्डमा कप नै हात पर्ने देखिन्छ । त्यसकारण डेनमार्कको टिमबाट धेरै आशा गर्न सकिन्छ ।

यो खेलको अवशर पारेर बिभिन्न देशमा बसेर थुप्रै ज्ञान, सिप र ब्यवशायिक अनुभव लिएका, सफल ब्यक्तित्वहरुपनि आउने हुनाले तिनको ज्ञान र सिपको अनुभव लिनपनि नेपालीहरु आउन लागेका छन । त्यति मात्रै होइन, यो खेलमा स्विजरल्याण्डमा रहेका नेपालीहरु मात्र हैन युरोपभर रहेका सबै नेपालीहरुको चासोको विषय बनेको छ । दुई दिनसम्म हुने यो खेलले युरोपका नेपालीहरुबिच परिचय गराउने छ । युरोपभर रहेका नेपालीहरु बीच भाईचारा संवन्ध बढाउने छ ।

तपाईको प्रतिक्रिया