नेपालमय बन्यो स्पेनको महोत्सव (फोटोफिचर सहित)


– बसन्त रानाभाट
बार्सिलोना/
नेपाली बालबालिका धर्मपुत्र वा धर्मपुत्रीका रूपमा अवोध अवस्थामै युरोपमा पुग्छन् । यो साता वार्सिलोनामा यस्तै नेपाली भेटिए, जसले भूकम्प पीडितका लागि डोनेसन गर्ने इच्छा देखाए ।

नेपालप्रतिको ऎक्यवद्दता” भन्ने मूल उदघोषकका साथ बार्सिलोनाको रमणीय एवं पर्यटकीय डाडा टिबीदाबुमा भव्य  भइरहेको थियो । सो महोत्सव आइराम गोर्दोले १० बर्षपछि नेपालमै पुगेको अनुभव गरे। ६ बर्षको उमेरमा नैस्पेनिस नागरिक नाती गोर्दोले उनलाई छोरा बनाएर बार्सिलोना ल्याएकी थिइन्।

धर्ममातासँगै महोत्सव आएका आइरामले धेरै नेपालीहरुसँग भेटघाट पनि गरे। आमा भन्दै थिइन्, “मेरो छोरा पनि नेपाली हो, यसको नाम आइराम, १६ बर्षको भयो, भाषा अलि जान्दैन, योसँग कुरा गर्नुहोस् त।”

केहि शब्दहरु मात्र नेपाली बोल्न जानेका आईराम निकै खुशी देखिन्थे, उनको हाउँभाउँले नेपाली पन झल्काईरहेका थियो। रातो टिसर्ट,हरियो भिर्ने झोला बोकेका उनको अनुहार हेर्दा नेपाली हुन् भनेर परै देखि, सजिलै अनुमान लगाउँन सकिन्थ्यो। उनि सँग चासो दिएर धेरै नेपालीहरुले भेटघाट पनि गरे।

अनलाईनकर्मीले बिशेष कुराकानी गर्न देखाएको चासोले, थोरै लजालु स्वभाव देखाउँदै भए पनि आईरामले कुरा गर्न शुरु गरे। उनलाई नेपालको त्यति धेरै याद रहेनछ। केहि पहाड र केहि बाटाहरु मात्र आफ्नो यादमा रहेको बताए। भूकम्पले नेपालमा ठुलो क्षति पुगेको समाचार टिभीबाट देख्दा उनको मन रोएको सुनाए। छोटो कुराकानी पछि उनि छुट्टिए।

IMG_0828आईराम बीचमा रातो टिसर्टमा

केही बेर पछि नजरमा फेरि रातो टिसर्ट नै पर्यो। आईरामले आफ्नो साथी लिएर आएका रहेछन्। साथीले भूकम्प पिडितलाई सहयोग गर्न चाहेको भन्दै डोनेसन बक्स खोज्दै थिए आईराम। साथीको सहयोग भन्दै उनले खुद्रा युरो डोनेसन बक्समा नै खसाले। नेपालमा नै जन्मिएका आईराम एक प्रतिनिधि पात्र मात्र हुन्। महोत्सबमा सहभागी सबै बिदेशीहरुले केहिँ न केहिँ रुपमा नेपाल प्रतिको माया र स्नेह देखाए।

नेपाली झण्डाले रंगीएको महोत्सव

नेपाल प्रतिको ऎक्यबद्दता” ( सोलीडारीदाद पर नेपाल) भन्ने मूल उद्घोषकका साथ बार्सिलोनाको रमणीय एबं पर्यटकीय डाडा टिबीदाबुमा सम्पन्न महोत्सव नेपाली झण्डाहरुले रंगिएको थियो।

कार्यक्रममा उपस्थित प्राय: सबै नेपाली झण्डा बेरेर नै सहभागी बने। स्टलमा सजाईएका र बिक्रिमा राखिएका झण्डाहरुले महोत्सव नेपालमय बनेको थियो। महोत्सवमा सहभागी बिदेशीहरुले पनि नेपाली झण्डा वा खादा बेरेर हिडेका देखिन्थे।

IMG_0923३० बर्ष देखि लगातार बार्सिलोना स्थित नेपाली कन्सुलरको रुपमा काम गर्दै आएका स्पेनिस नागरिक लुईस बेल्बिसले कार्यक्रम गर्ने पहल मात्र हैन, झण्डा लगायत नेपाली सामानहरुको प्रबन्ध समेत गरेका थिए।

परिबारको सहयोगमा कन्सुलर बेल्बिसको नेपाली सामानहरुको स्टल पनि थियो। यस्तै कासा नेपाल र नेपाल तिएर्रा दे पाथले पनि नेपाली पोशाक,भेषभूसाको स्टल राख्दै नेपाली पहिचानलाई चिनाए।

महोत्सवमा नेपाली गीत संगीत घन्कियो

स्थानीय कलाकारहरुले नेपाली साँस्कृतिक पहिचान झल्कने गीत संगीतहरु प्रस्तुत गर्दै महोत्सवमा रौनकता थपेका थिए।

कुमारी नृत्य मञ्जुश्री नृत्य,नेवारी नृत्य,लगायत बाल कलाकारहरुले पनि मनोरन्जन प्रदान गरे।बाक्लो उपस्थितिमा रहेको नेपाली समुदाय लगायत बिदेशीहरुले कलाकारहरुलाई साथ दिएका थिए।

IMG_0864बिनोद कटुवालको बाँसुरीको धुनले बिदेशीहरुको ध्यान खिचेको थियो। नरेश कार्की,सुरज मैनाली र बिष्णु रानाभाटको कर्ण प्रिय आवाजले नेपालीहरु निकै भाबुक बनेका थिए। उनीहरुले जहाँ छन् बुद्दका आँखा,रेशम फिरिरी,असारे महिनामा जस्ता गीतहरु गाएका थिए।

यस्तै नेपाली गीतको धुनमा स्पेनिस मोडलहरु र्‍याम्पमा आएका थिए। मोडलहरु र्‍याम्पमा आउँदा दर्शकहरुको बाक्लो उपस्थिति देखिन्थ्यो। राजु थापाले संचालन गर्दै आएको फिरिरी डटकमले उत्पादन गरेका पोशाकहरु लगाएका थिए। फिरिरीका पोशाकहरु महोत्सवको स्टलमा समेत राखिएको थियो।

एनआरएनए स्पेनको भूमिका

महोत्सवलाई सफल बनाउँनका लागि एनआरएनए स्पेनले भूमिका निर्बाह गरेको छ। स्पेन स्थित संघ सस्थाहरु सँग समन्वय गरि महोत्सवमा नेपाली समुदायको बाक्लो उपस्थिति गराएको थियो।

संघले नेपाली पोशाक तथा नेपाली खानाको परिकारको पनि स्टल राख्न समन्वय गर्यो। ओला नेपाल र पोताला रेष्टुरेन्टलाई नेपाली खानाको परिकारहरु स्टलमा राखी बेचेका थिए। महोत्सवमा भएको औपचारिक कार्यक्रममा संघका अध्यक्ष एकराज गिरीले देशको पछिल्लो अबस्था बारे जानकारी गराए। उनले भूकम्प पछि एनआरएनले खेलेको भूमिकाको बारेमा पनि चर्चा गरे।

IMG_0860कार्यक्रममा कन्सुलर बेल्बिस, टिबीदाबु पार्क समितिका डाईरेक्टर रोसा ओरतोर्स,कातालोनिया प्रान्तीय सरकारको ईमिग्रेसन डाईरेक्टर चाभियर बोस लगायतले बोलेका थिए।

टिबीदाबुमा बौद्द स्तुपा निर्माण हुने

महोत्सव स्थल टिबीदाबुमा अप्रिल १५ सन् २०१६ भित्रमा बोद्द स्तुपा निर्माण हुने भएको छ। नेपालमा भूकम्पमा परि ज्यान गएकाहरु सम्झनामा स्तुपा निर्माण हुन लागेको हो। स्तुपा निर्माण पछि नेपालीहरुको सम्झना बारे लिपि बद्द गरिने भएको छ।

11639237_10152981662913014_401384772_oस्तुपा निर्माणको लागि नगरपालिकाबाट अनुमति मिलिसकेको पार्क ब्यबस्थापन समितिले जनाएको छ। यस बारे योजना तर्जुमा गर्न जिम्मेबारी कासा टिबेटका डाईरेक्टर वाङ्ग चु लामाले लिएका छन्।

नेपालीहरुको सहभागिताले खुशी

यसैबीच पार्क ब्यबस्थापन समितिका डाईरेक्टर रोसा ओरतोर्सले महोत्सबमा नेपालीहरुले देखाएको सहभागिताले आफु निकै खुशी भएको बताएकी छिन्। नेपालको दुखमा आफुले पनि साथ दिनको लागि नेपाललाई केन्द्रित गरेर महोत्सबको आयोजना गरेको बताउदै खुशी ब्यक्त गरेकी हुन्।

IMG_0827

नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै उनले भनिन् ” पार्कमा आउँने जाने भई रहन्छ ,त्यसैले महोत्सवमा दिन भर गरि करिब ५ देखि ७ हजारले अबलोकन गरेका छन्।”

युनिसेफ,रेड्क्र्स लगायत १५ बढी गैर सरकारी संस्थाहरु नेपालको सहयोगमा जुटेको बताउँदै महोत्सव सफल भएकोमा खुशी ब्यक्त गरेकी छिन्।

IMG_1001IMG_0846IMG_0845IMG_0906IMG_081311539670_10152981658598014_1850023825_o

IMG_0926