कसरी विजयी बन्यो बेल्लाहोए क्लासिक टिम ?


कोपनहेगन । भर्खरै डेनमार्कको नेपाली समुदायमा भलिवल प्रतियोगीता सम्पन्न भएको छ । प्रवासी नेपाली मन्च डेनमार्कको आयोजनामा खेल सम्पन्न भएन मात्र नेपाली नेपाली बीच भाइचाराको सम्बन्ध पनि स्थापीत भएको छ र नेपाली नेपाली बीच एक आपसको चिनाजान अझै गाढा बनाइदिएको समेत छ ।

प्रतियोगीतामा आठ पुरुष टिम र तीन महिला टिम सहभागी बनेर आयोजकलाइ हौसला प्रदान मात्र गरेनन हामी खेल्न सक्षम छौं भन्ने समेत पुष्टी गरिदिए । पुरुष तर्फको खेल सबै रोचक रहे । सबैको उत्कृष्ट प्रदर्शन रहे पनि यसमा बेल्लाहोए क्लासिक टिम विजेता बन्न सफल बन्यो।

यो टिमका खेलाडीहरुमा कृष्ण के. सी., राजेस राना, द्रोण बहादुर क्षेत्री, कृष्ण बस्नेत, प्रभात खनाल, कन्चन देव देवकोटा, कमाल शर्मा, प्रकाश पुरी रहेका थिए भने विकास मैनाली टिम मेनेजर रहेका थिए । देवकोटा र खनाल डेनमार्कको विश्वविधालयबाट भर्खरै मात्र विधावारिधी गरेका हुन् । उनीहरुले पनि राम्रो प्रदर्शन गरे ।

बेल्लाहोए क्लासिक टिमको सफलतामा खेलाडी कृष्ण के. सी.को ठुलो र लामो हात रह्यो । अझै उनलाई द्रोण बहादुर क्षत्री राम्रो साथ रह्यो । क्षत्री राम्रा लिफ्टर हुन् उनले भलिबल कोर्टको जुन ठाउँबाट पनि सटरलाइ जाली सम्म बल फ्याँक्न सक्ने क्षमता राख्छन । खेल अवधी भर उनले राम्रो प्रदर्शन गरे । उनको राम्रो ‘को-अर्डिनेशेन’मा टिम विजेता बनेको हो ।

एउटा राम्रो टिमले जित्नको ‘टिम वर्क’ साथै एक खेलाडीको मात्र पनि महत्वपूर्ण योगदान रहेको हुन्छ भन्ने कुरा उनको प्रदर्शनले बताउँथ्यो । यो टिम वास्तवमा उनले नै बनाएका हुन् । उनले बताए अनुसार साथीभाईहरुसंग बस्दै गर्दा सल्लाहमा यो टिम बनेको हो । कृष्ण स्वयंले खेल अवधीभरको ‘उत्कृष्ट खेलाडीको’ पुरस्कार पनि पाएका छन् । उनको प्रहार गरेको सट विपक्षीबाट बिरलै उठथ्यो ।

अन्य टिममा पनि राम्रा खेलाडी थिए र राम्रो सट प्रहार गरेका थिए तर विजेता टिम बनेकोले उनि सबैको नजरमा परेका थिए । उनि संग हाम्रो सम्पादक टोलीले कुराकानी गरेको थियो त्यसलाई भिडियोमा हेरौं उनि के भन्दैछन ।