नेपालीनेपाली डटकमको बार्षिकउत्सबका लागि तयारी तिब्र


बार्सिलोना/
नेपाली नेपाली डटकमले आफ्नो पहिलो बार्षिकउत्सव भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झना गर्दै बार्सिलोनामा सम्पन्न गर्ने भएको छ। आगामी जुलाई १२ तारिक हुने कार्यक्रमलाई भूकम्प पीडितहरुको सहयोग एबं देशमा पुनर्निमाणमा जाग्न प्रेरेणा दिने बिषय बस्तुहरु प्रस्तुत गर्दै मनाउने भएको हो।

बिशेष सास्कृतिक कार्यक्रममा बालबालिकाहरुको नृत्य,राष्ट्रिय गित,लोक तथा दोहोरी नृत्य,गायन,कमीडी लगायत गायक गायिकाहरुको आवाजमा लोकप्रिय गित संगीतहरु प्रस्तुत गरिने भएको छ। भूकम्प पहिले र अहिलेको अवस्थालाई समेटेर भिडियो प्रदशनी गर्दै सहयोगको अपिल समेत गरिने भएको छ।

कार्यक्रममा स्पेन स्थित संघ सस्था लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आबसिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ बार्सिलोना आउने भएका छन्। यस्तै बेलायत, बेल्जियम र डेनमार्कबाट पनि पत्रकारहरुको उपस्थिति रहने भएको छ।

11426330_480969258745315_833198309024248208_o

मंगलबार बसेको तयारी समितिको बैठकमा नेपाली नेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाटले कार्यक्रममा प्रस्तुत गरिने बिषय बस्तुको बारेमा जानकारी दिदै संघ सस्थाका प्रतिनिधिहरु बाट सल्लाह सुझाब एबं सहयोगको अपिल गरेका थिए।

बैठकमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य दीपक खरेल,प्रबासी नेपाली मंच स्पेनका अध्यक्ष दिनेश गुरुङ,संरक्षक मुक्त बहादुर गुरुङ,नेपाली जनसम्पर्क समितिका प्रतिनिधि राजु थापा मगर,तमु समाज स्पेनका अध्यक्षका अध्यक्ष ज्योती गुरुङ,नेपाली जनप्रगतीशिल स्पेनका महासचिब गंगा भुसाल,स्याङ्जा सहयोग समाज स्पेनका अध्यक्ष बेन बहादुर गुरुङ, चितवन समाजका उपाध्यक्ष राजु शमशेर थापा,नेवारी समाज स्पेनका प्रतिनिधि सन्तोष श्रेष्ठ, अन्तराष्ट्रिय कलाकार समाज स्पेनका महासचिब तुलसी शिवाकोटी,कास्की सेबा समाज स्पेनका सल्लाहकार संयोजक बेल काजी गुरुङ लगायतले आ- आफ्नो बिचार प्रस्तुत गरेका थिए।

बार्षिकउत्सब कार्यक्रममा नेपाल पत्रकार महासंघ,बेलायत शाखा,युरोप शाखा,बिभिन्न राजनीतिक दलका नेताहरु,एनआरएनका अभिन्यताहरु,कलाकार,पेशागतसंगठन,मानब अधिकारकर्मी,समाजसेबीहरु लगायतले दिएको शुभकामनालाई पनि प्रस्तुत गरिने भएको छ।

प्रधानसम्पादक रानाभाटको अध्यक्षतामा सम्पन्न्न बैठकको संचालन ईभेन्ट कोर्डीनेटर  लक्ष्मण शर्माले गरेका  थिए। ।

बर्ष व्यक्तित्व सम्मान कार्यक्रम

स्थानीय मिडियाले बार्षिकउत्सबको अबसरमा गर्न लागेको कार्यक्रममा एनआरएनए, बिभिन्न संघ सस्थाबाट १ जना र कलाकारहरुबाट १ जना जनालाई छनोट गरि बर्ष व्यक्तित्व सम्मान २०१५ बाट सम्मान गरिने भएको छ। यस बर्षबाट शुरुवात गरिएको सम्मान कार्यक्रम प्रत्येक बर्ष आयोजना गरिने भएको छ।

10915064_480969252078649_6649052181952804917_o

यसै बीच सम्मानित व्यक्तित्वको जीवनी सहित भिडियो तयार गरिने भएको छ। छनोटका लागि गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद् सदस्य दिपक खरेल,नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिब प्रकाश ढकाल लगायत प्रधान सम्पादक सहित पदेन सदस्य रहने गरि छनोट समिति गठन भएको छ।

11406099_480969448745296_931888104529564185_o

 

तस्बिर – हिमाल शर्मा