डेनमार्कमा नेपालीहरु बीच भलिवल प्रतियोगीता भव्य रुपले सम्पन्न


कोपनहेगन ।
डेनमार्कमा बस्ने नेपाली नेपालीहरु बीच भलिबल प्रतियोगीता भव्य रुपले सम्पन्न भएको छ । प्रवासी नेपाली मंच डेनमार्कले आयोजना गरेको उक्त प्रतियोगीता दुइ दिनसम्म चलेको थियो ।

पुरुषतर्फ कुल आठ टिम र महिला तर्फ कुल तीन टिम सहभागी भएको खेलमा पुरुष तर्फ बेल्लाहोए क्लासिक विजेता बनेको छ साथै गुरुङ समाज डेनमार्क उपविजेता बनेको छ । यसैगरी आयोजकको टिम  ओ एन एफ ‘बी’ ले धौलागिरी ड्रिम लाइ पराजित गर्दै तेस्रो बनेको छ । सबै खेलहरु ‘इन्डोर’ खेलाइएको थियो ।

20150614_203437
       (खेल पछिको पुरस्कार वितरण समारोहमा राजदुत मुक्तिनाथ भट्ट लगायत)

पहिलो चरणको खेलमा सगरमाथा टिमलाई पराजित गर्दै धौलागिरी टिम, रेक्टर स्केल ७.६ लाई पराजित गर्दै आयोजन प्रवासी मंच टिम ‘बी’ प्रवासी नेपाली मंच “वी” टिम, प्रवासी नेपाली मंच “ए” टिमलाई पराजीत गर्दै  गुरुङ समाज,  यु नेपाल टिमलाई पराजीत गर्दै बेल्लाहोए क्लासिक टिम वीचसेमिफाइनलमा प्रवेश गरेको थियो ।

पहिलो चरणका खेलहरुमा सगरमाथा र धौलागिरी टिमबीच भएको खेल निकै रोमाञ्चक बनेको थियो । पहिलो चरणका खेल पश्चात दोस्रो दिनका सेमिफाइनलका खेलहरु निकै रोमाञ्चक बनेका थिए ।

सेमिफाइनलमा बेल्लाहोए क्लासिकले धौलागिरीलाई पराजित गरी फाइनल प्रवेश गरेको थियो भने गुरुङ समाज डेनमार्क टिमले आयोजक प्रवासी मंच डेनमार्क ‘बी’ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यसपछि भएको फाइनल खेलमा बेल्लाहोए क्लासिकले कुल पांच सेटको खेलमा तीन सेट जितेर विजेता बनेको थियो ।

शुरुका दुइ सेट बेल्लाहोए क्लासिकले जिते पनि तेस्रो र चौथो सेट गुरुङ समाजले जितेको थियो । पाँचै सेट खेल्नु परेकोले खेल निकै रोमाञ्चक बनेको थियो । खेलको चौथो सेटको अन्तीम समयमा नियम बाझिए जस्तो भए पनि मुख्य रेफ्री हेम आर्यालले सबैलाई स्वीकार्य हुने सम्मानजनक निर्णय लिएर विवाद आउन दिएका थिएनन ।

20150614_203518
  (खेल पछिको पुरस्कार वितरण समारोहमा राजदुत मुक्तिनाथ भट्ट लगायत)

विजेता टिमका बेल्लाहोए क्लासिक का टिम क्याप्टेन कृष्ण के.सी. उत्कृष्ट खेलाडी बनेका छन् । बेल्लाहोए कोपनहेगनको एक ठाउँको नाम भएकोले धेरै नेपालीहरु उक्त ठाउँमा बस्ने भएकोले खेलाडीहरु त्यहि ठाउँको नामबाट टिम दर्ता गराएका थिए ।

यसैगरी महिला तर्फको खेलमा बेल्लाहोए क्लासिक रेड टिम विजेता र बेल्लाहोए क्लासिक ब्लू टिम उपविजेता बनेका थिए । क्रिएटिभ नेपलीज वुमनको टिम तेस्रो बनेको थियो । तीन टिम मात्र सहभागी भए पनि आयोजकले महिलाका सबै टिमलाई सम्मान र प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरेका थिए ।

डेनमार्कमा आयोजीत पुरुष तथा महिलाको यो पहिलो भलिबल प्रतियोगीताका विजेता कपहरु बेल्लाहोए क्लासिकले जितेको छ ।

20150614_210817                    ( पुरुष तथा महिला दुवैतर्फको विजेता टिम बेल्लाहोए क्लासिक टिम)

खेलपछि पुरस्कार वितरण समारोह नअबोहेलेनको परिसर ‘रेड कार्पेट’ मा भएको थियो । विजयी सबै खेलाडीहरुलाई डेनमार्कका लागि नेपाली राजदुत मुक्तिनाथ भट्ट, प्रवासी नेपाली मंच डेनमार्कका अध्यक्ष कृष्ण पौडेल , खेल आयोजनाका संयोजक बिष्णु  प्रसाद पौडेल, महासचिव दीपक पाण्डे, जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य  ( नविन), एन आर एन डेनमार्कका अध्यक्ष दिपक सापकोटा, आइ सी सी सदस्य सुर्य प्रकाश खनाल, प्रवासी मंच पोर्चुगलका अध्यक्ष सुवास चन्द्र अधिकारी, प्रवासी मंच डेनमार्कका पुर्व अध्यक्ष घनश्याम गौतम ले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

20150614_205725
                             (उप-विजेता टिम गुरुङ्ग समाज डेनमार्क )

यसैगरी रेक्टर स्केल ७.६ टिमले महिला तथा पुरुष दुवैलाइ उत्कृष्ट खेलाडीको पुरस्कार र नगद पांच सय क्रोनर प्रदान गरेको थियो । खेलाडीको मनोवल उच्च राख्न उक्त पुरस्कार आफनो टिमले दिएको उक्त टिममा व्याबस्थापक नारायण नगरकोटीले बताए ।खेल आयोजना सम्पन्न गर्न सुसिल घिमिरे, राजमान तामाङ्ग, यादव गौतम लगायत धेरैले निकै खटेर सहयोग गरेका थिए भने दोस्रो दिनको खेलमा खेल अवधीभर उद्घोषकको भूमिका निर्वाह गरेर प्रभात किरणले निकै मनोरंजन दिलाएका थिए ।

यस भलिबल प्रतियोगीताका खेलकुद संयोजक बिष्णु प्रसाद पौडेलले बताए अनुसार स्वतस्फुर्त रुपमा सबै नेपालीहरुले खेल संचालनमा सहयोग पुर्याएका थिए । सबै नेपाली तथा सहभागी टिमहरुले खेल अवधीभर सहयोग गरेका कारण खेल यस्तो भव्य र अपेक्षा भन्दा बढी सफल बनेको पनि उनले बताए ।

खेलमा सहभागी सबै महिला तथा पुरुषको एघार टिमका खेलाडीहरुलाई भुवन भट्ट तथा तारिणी जोशीले जर्सी उपलब्ध गराएका थिए । उनीहरुलाइ सबैले विशेष धन्यवाद दिएका थिए ।

20150614_205455
                (तेस्रो बनेको टिम आयोजक प्रवासी नेपाली मंचको ‘बी’ टिम )

रेफ्रीहरुको भूमिका सराहनीय

यसैगरी खेल संचालनमा मुख्य तथा सहायक रेफ्रीहरु तथा लाइन्सम्यानहरुको भूमिका निकै सराहनीय रहेको थियो । मुख्य रेफ्री हेम अर्यालको खेल संचालनमा निकै प्रशंसनीय भूमिका निर्वाह गरेका थिए ।

सामान्यतया भलिबल खेलमा एकै किसिमको खेल खेल्ने राम्रा टिमहरु प्रतिद्वन्दीको रुपमा खेलिरहेको खण्डमा नियमलाइ लिएर बढी विवाद बढी हुने गर्दछ । सेमिफाइनल र फाइनल खेलमा यस्तो अवस्था ३ पटक आएको थियो तर पनि मुख्य रेफ्री अर्यालले निकै विवेकसम्मत ढंगले निर्णय लिएका थिए र खेललाइ अगाडी बढाएका थिए ।

सहायक रेफ्रीहरु नविन राज पौडेल, शैलेन्द्र अधिकारी, महेश कंसाकार रहेका थिए र उनीहरुले पनि उत्तिकै जिम्मेवारी पुर्वक खेल संचालन गरेका थिए । मुख्य रेफ्री अर्यालले बताए अनुसार एउटा रेफ्रीले आफ्नो आँखाले देखे सम्म र खेलको नियम र परिधी भित्र रहेर निस्पक्ष रुपले खेल खेलाउने हो र आंफुले  पनि त्यहि गरेको हो ।

20150614_205422                      (महिला तर्फको विजेता बेल्लाहोए क्लासिक रेड टिम)

Screen Shot 2015-06-15 at 14.38.16                                       (क्रिएटिभ नेपलीज वुमनको टिम)

खेलाडी सम्मानित
यसै गरी आठ वर्षीय नेपाली बालक खेलाडी सास्वत रानालाई प्रवासी नेपाली मंचको तर्फबाट सम्मान गरिएको थियो । उनलाई प्रमाणपत्र र फुटबल बुट सहित सम्मान गरिएको थियो । उनी हालै मात्र डेनमार्कमा रहेको बार्सिलोना फुटबल क्लबको फुटबल एकेडेमीमा छानिन सफल भएका थिए ।

Screen Shot 2015-06-15 at 20.42.12                               ( सम्मान ग्रहण गर्दै खेलाडी सास्वत राना)

फाईनल खेलको भिडियो