डेनमार्कमा भएको भलिबल फाइनल खेलको केहि दृश्य (भिडियो)


कोपनहेगन ।
प्रवासी मंच डेनमार्कले आयोजना गरेको भलिबल प्रतियोगीता निकै रोमाञ्चक बनेको थियो । सबै खेलहरु निकै आकर्षक रहेका थिए ।

पहिलो चरणको खेलमा सगरमाथा टिमलाई पराजित गर्दै धौलागिरी टिम, रेक्टर स्केल ७.६ लाई पराजित गर्दै आयोजन प्रवासी मंच टिम ‘बी’ प्रवासी नेपाली मंच “वी” टिम, प्रवासी नेपाली मंच “ए” टिमलाई पराजीत गर्दै  गुरुङ समाज,  यु नेपाल टिमलाई पराजीत गर्दै बेल्लाहोए क्लासिक टिम वीच सेमिफाइनलमा प्रवेश गरेको थियो । पहिलो चरणका खेलहरुमा सगरमाथा र धौलागिरी टिमबीच भएको खेल निकै रोमाञ्चक बनेको थियो ।

पहिलो चरणका खेल पश्चात दोस्रो दिनका सेमिफाइनलका खेलहरु निकै रोमाञ्चक बनेका थिए । सेमिफाइनलमा बेल्लाहोए क्लासिकले धौलागिरीलाई पराजित गरी फाइनल प्रवेश गरेको थियो भने गुरुङ समाज डेनमार्क टिमले आयोजक प्रवासी मंच डेनमार्क ‘बी’ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

त्यसपछि भएको फाइनल खेलमा बेल्लाहोए क्लासिकले कुल पांच सेटको खेलमा तीन सेट जितेर विजेता बनेको थियो । शुरुका दुइ सेट बेल्लाहोए क्लासिकले जिते पनि तेस्रो र चौथो सेट गुरुङ समाजले जितेको थियो ।

पाँचै सेट खेल्नु परेकोले खेल निकै रोमाञ्चक बनेको थियो । खेलको चौथो सेटको अन्तीम समयमा नियम बाझिए जस्तो भए पनि मुख्य रेफ्री हेम आर्यालले सबैलाई स्वीकार्य हुने सम्मानजनक निर्णय लिएर विवाद आउन दिएका थिएनन ।
केहि भिडियो दृश्य हेर्नुहोस ।