‘जस्को लागी मलाई छोड्यौ’ प्रेम सागरको मन छुने गीतमा, प्रमोदको आबाज ( भिडियो सहित)


काठमाडौँ /

जस्को लागी मलाई छोड्यौ, यस्ले पनि तिम्लाई छोड्यो भने,
तिमि उस्को बनेपछि उस्ले अन्तै नाता जोड्यो भने।

त्यो बेलामा थाहा हुन्छ, साँचो माया के हो भनी,
तिम्लाई पनि हिड्नुपर्ला म जस्तै पागल बनि।।

चर्चित गायक प्रमोद खरेलले काठमाडौमा यो बियोगान्त गीत रेकर्ड गराउँदै गर्दा नेपाली सुगम संगीतमा अर्को नयाँ ईटा थपिने आशा ब्यक्त गरेका छन्। बियोगान्त गीतलाई खुलेर आवाज दिन सक्ने गायक खरेलले आँफुलाई पनि रेकर्डको क्रममा गीतले मन छोएको भावाना पोखे।

” तिमी सँग नजर जुधाई डराएको याद आयो,तिम्रो मिठो मुस्कानमा हराएको याद आयो ” नेपाली सुगम संगीतमा अत्यन्तै लोकप्रिय बनेको यसै गीतका रचनाकार प्रेम सागर पौडेलको यो अर्को नयाँ सिर्जना हो।

आफ्नैले संगीत समेत दिएका रचनाकार पौडेलले नयाँ एल्बमको तयारी गर्दै गीतलाई रेकर्ड गराएका हुन्।

स्याङ्जा टक्सार स्थायी घर भएका पौडेलले सृजना गरेका,तिमी टाढा भएपछि नशा पिउने बानी भयो,पहिलो मायाले धोका दियो,सम्झ त प्रिय,धनलाई माया गरि रहिछौ,हिजो सम्म दुईटा मुटु,आज भोलि मेरो याद तिमीलाई आउदैन र ?,लगायतका गीतहरु निकै चर्चित छन्। पछिल्लो क्रममा उनले आफ्नो रचनाका गीतहरुमा आफैले संगीत दिन पनि थालेका छन्।

एक दशक देखि निरन्तर नेपाली संगीतमा पृथक पहिचान बनाएका गीतकार पौडेलले आफ्नो नयाँ गीतमा ठुलो आशा ब्यक्त गरेका छन्।

नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै उनले भने,” अब बिस्तारै भूकम्पको घाउलाई बिर्सेर सबै आ – आफ्नो काममा फर्कन सक्नु पर्दछ। नेपाली संगीतलाई पुरानै अबस्थामा ल्याउनको लागि काम शुरु गरेको हुँ।”

मिडियाकर्मी समेत रहेका गीतकार पौडेल, जादुमय प्रमोदको आबाजले गीतलाई फरक ढंगले प्रस्तुत गरेकोले पनि श्रोता दर्शकले मन पराउँनेमा ढुक्क देखिन्छन्।

गीतको लाईभ रेकर्डबाट एक अंश –