फेसबुक अभियानबाट १५ लाखको राहत बितरण सम्पन्न,फेरि गोर्खा जाने तयारी


पोखरा /
सामाजिक संजाल फेसवुकबाट राहत संकलन गरी भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरि रहेका पोखराका यूवा मोहन राज वराल “मून” ले आफ्नो आठौं चरणको राहत बितरण सम्पन्न गरेका छन्।

धादिङ्को सल्यानकोटका आठ स्कुल, आगिन्चोक सल्यानकोट उच्च माविमा समेत गरि ३८ बण्डल जस्ता सँगै, १५ लाख रुपैयाँ बराबरको राहत बितरण गर्दै आठौ चरण सम्पन्न गरेका हुन्।

फेसबुक अभियानमा पछिल्लो पटक अष्टेलियाबाट गंभिर अधिकारी,अन्जु देवकोटा र आन्नद अधिकारी, न्यूजिल्याण्ड देखि रोशन बराल,अमेरिकाबाट ईश्बर वराल र बिनोद पौडेल, जापानबाट कुमार गुरूङ् र शुरेस थापा,कोरियाबाट धन बहादुर वराल, यूएई बाट रूपेश गुरूङ्, हङ्कङ्ग देखि सृजना मल्ल ,सुरज मल्ल, सुरक्षा मल्ल वेलायतबाट बिधान रिमाल , साउदीका प्रकाश बरालले सहयोग गरेका छन्।

यस्तै हेल्पिङ्ग हेण्ड पोखरा, मोवाईल क्लव पोखरा, डि.वि. भााडा पसल, शिवशंकर काष्ठ उद्योग, रमेश दाना उद्योग,पोखरा घारीपाटनका कमल बराल ,मिन भुजेल र रघुनाथ बराल छोरेपाटनका खडक गुरूङ्बाट पनि सहयोग पाप्त भएको बरालले जानकारी दिए।

11423401_1085762561452027_7200219295851098513_n

बरालले हाल सम्म गरि देशका बिभिन्न भागमा करिव १५ लाख बराबरको राहत सामग्री वितरण गरिसकेका छन् । नेपालीनेपाली डटकम सँग कुरा गर्दै बरालले भने, “सहयोग आउने क्रम जारी छ, फेरि ३० बण्डल जस्ता पाता जम्मा भई सकेको छ,अब छिट्टै गोर्खाको विकट स्कुलमा जाने छौ।यसरी नै निरन्तर सहयोग आए हामी रोकिदैनौ।”