नेपालीनेपाली डटकमको बार्षिकउत्सब तयारी बैठक बारे सूचना


” सबै नेपालीहरुको खबर” नेपालीनेपाली डटकमले आफ्नो पहिलो बार्षिकउत्सबको आगामी जुलाई १२ तारिक बार्सिलोनामा आयोजना गर्ने पुर्ब सूचना बमोजिम सम्पन्न गर्नको लागि तयारी समितिको वैठकको आह्व्बान गरेको छ।

देशमा महाभूकम्प आएर ठुलो धनजनको क्षतिले सबै नेपालीहरुलाई मर्माहत बनाईरहेको बेला नेपालीनेपाली डटकमले मे ३ तारिक गर्ने भन्ने कार्यक्रमलाई जुलाईमा सारेको थियो।

बदलिएको समय र परिस्थतिमा कार्यक्रमलाई कसरी गर्दा उचित र सान्दर्भिक हुन्छ भन्ने बिषयमा राय,सुझाब,सल्लाहका साथै,कार्यक्रमका लागि तिब्र तयारीमा जुट्नका लागि यस अघि गठित तयारी समितिका सदस्यहरुलाई निम्न मिति र समयमा उपस्थिति भई दिनु हुन हार्दिक अनुरोध सहित यो सुचना जारी गरिएको छ।

मिति – जुन १६ तारिक,मंगलबार
समय :- अपरान्ह ४ बजे
स्थान :- हिमाली रेष्टुरेन्ट,बार्सिलोना
आयोजक :-
नेपालीनेपाली डटकम परिबार

बोधार्थ
क) मूल आयोजक समिति
संयोजक – बसन्त रानाभाट (प्रधान सम्पादक)
सह-संयोजक – प्रकाश ढकाल (सम्पादक)

ख) ,”बर्ष व्यक्तित्व सम्मान” छनोट समिति
१) दिपक खरेल ( आईसीसी सदस्य)
२) प्रकाश ढकाल ( महासचिब,नेपाल पत्रकार महासंघ युरोप शाखा)
३ ) प्रधानसम्पादक (पदेन) सदस्य

बिभिन्न उपसमितिहरु-
१) आर्थिक समिति
– बसन्त रानाभाट,प्रकाश ढकाल र लक्ष्मण शर्मा
२) सास्कृतिक तथा मनोरन्जन उपसमिति ( नृत्य/गायन/ कमिडी )
संयोजक- हेमन्त रानाभाट
उप संयोजक- सुनिल रानाभाट

३) तयारी सुझाब समिति-
एनआरएनएन स्पेनका अध्यक्ष संयोजक रहने गरि बिभिन्न संघसस्थाका अध्यक्षहरु

४) प्राबिधिक तथा सम्पादन उपसमिति ( भिडियो/फोटो/ प्रमाणपत्र/ सम्मानपत्र, अतिथि ब्याच/ ब्यानर )
संयोजक- लक्ष्मण शर्मा
उप संयोजक- नरेश कार्की

५) मंच ब्यबस्थापन /ब्याच बितरण

संयोजक – शितल भुर्तेल भुसाल
उपसंयोजक– शर्मिला सुबेदी

६) प्रचारप्रसार उप समिति ( नेपाली समुदायलाई कार्यक्रममा उपस्थिति गराउने उदेश्य अनुरुप)
संयोजक – बिशाल ढुंगाना
उपसंयोजक– हिरालाल सापकोटा, डायमण्ड

७ ) स्वयंसेवक परिचालन उपसमिति
संयोजक– महेन्द्र चापागाई
उपसंयोजक- हिमाल शर्मा