बार्सिलोनालाई पाँचौपटक च्याम्पियन्स लिगको उपाधि


बार्सिलोना/ च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ ।गएराति भएको खेलमा यूभेन्टसलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक च्याम्पियन्स लिग जितेको छ ।

पछिल्लो ६ बर्षमा बार्साको यो तेस्रो च्याम्पियन्स लिग उपाधि हो भने यो सिजनमा तेस्रो उपाधि हो । यो सिजनमा उसले घरेलु लिग र कप जितिसकेको छ ।

Barcelona-Win-Champions-League-2

चौथो मिनेटमा नै राकिटिकले गोल गरेपछि बार्सिलोनाको सहज जितको अनुमान गरिएको थियो । तर,दोस्रो हाफको ५५ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काए । खेलको ६८ औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

फेरि खेल सकिने अन्तिम सेकेण्डमा  नेयमारले गोल गरेपछि बार्सिलोना ३–१ ले विजयी भयो । यूभेन्टसको च्याम्पियन लिगको फाइनलमा यो छैठौं पराजय हो । उसले दुई पटक च्याम्पियन्स लिग जितेको छ ।