पोखरेली युवाको फेसबुक अभियान जारी,टियुसन पढाउँन छाडे


पोखरा/ सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट भूकम्प पीडितहरुलाई राहत गरेका पोखराका युवा मोहनराज बरालले “मुन” ले १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन्।

विहान वेलुका आँफुले टियुसन पढाउँन छाडेर राहत बितरणमा खटिएका उनले अहिले सम्म फेसबुकबाट जुटेको सो रकम बराबरको राहत बितरण गरिसकेको बताएका हुन्।  अभियान पुरा नभए सम्म आफ्नो व्यक्तिगत काममा नलाग्ने संकल्प बोकेका छन्।

सामाजिक संजाल बाटै रकम उठाएको हुँदा राहतका हरेक गतिबिधिलाई फेसबुक र युटुबबाटै जानकारी गराएको बताउँछन्। “खाना, बस्न र गाडी भाडाको लागी हाम्रो टिमका आफै आफै गर्छौ उठेको रकम सबै पिडितलाई नै हो”बराल भन्छन् यस कारण पनि सहयोग जुटिरहेका छ ।

पछिल्लो क्रममा वेलायतबाट विधान रिमालले १५ हजार रुपैयाँ ,अमेरिकाबाट ई.बिनोद पौडेलबाट १५ हजार र अष्टेलियाबाट ई.आनन्द पराजुलीबाट १० हजार रुपैयाँ पाप्त नगद पाप्त भएको अभियान कर्ता बरालले बताएँ।

यस्तै विरौटाका विक्रम वरालवाट २ बण्डल, डि.वि.भाडा पसलका मिन भुजेलबाट १ वण्डल , हड्गकड्ग वस्ने सृजना मल्लवाट १ वण्डल,जस्तापाता संकलन गरेको जानकारी दिएँ।

11414468_1081799465181670_129228144_n

फेसबुक अभियानबाट नै पहिलो चरण गोरखाको लाप्राकमा ६० हजार मूल्य बराबरको राहत सामग्री, बैशाख २६ मा धादिङको पीडा ४ का ६२ चेपाङ परिवारलाई जस्ता पाता, जेठको पहिलो सातामा कास्कीको चापाकोटस्थित पञ्चकोसी निमाविलाई ६० वटा  पाता बितरण भएको छ।

यस्तै  भरतपोखरीका अति विपन्न ५ घरलाई जनही १ बन्डल पाता र ५ वटा त्रिपाल फेरि दोस्रो सातामा सिन्धुपाल्चोकको साँगा चोकस्थित जनजागृति उच्चमावि र जुगला बहुमुखी क्याम्पसलाई ४ लाख मूल्य बराबरको ५० बन्डल र कास्की चापाकोट-९ को पीपलडाली देउराली प्राविलाई ५ बन्डल जस्ता वितरण भईसकेको छ।

उनलाई बेलायत, अस्ट्रेलिया, डेनमार्क, दुबई, अमेरिका, हङकङमा रहेका साथीहरूले फेसबुक मार्फतै सहयोग पठाएका छन्।

तपाईको प्रतिक्रिया