च्याम्पियन्स लिगको उत्सुकता,बार्सिलोना र युभेन्टस उपाधि ह्याट्रिकको दाउमा,


बार्सिलोना/ च्याम्पियन्स लिगको उपाधिका स्पेनको क्लब बार्सिलोना र ईटालीयन युभेन्टस बीच आज बर्लिनमा फाईनल खेल हुँदै छ। आफ्नो देशको लिग र कप जितिसकेका दुवै क्लबले च्याम्पियन लिगको जित सँगै कीर्तिमान बनाउँने होडमा छन्।

बार्सिलोनाले पेपे ग्वार्डिआलोको प्रशिक्षणमा यस अघि सन् २००९ मा पनि लिग, कप र च्याम्पियन लिग उपाधि जितेर किर्तिमान बनाएको थियो।

बार्सिलोनाको फरवार्डमा सुपर स्टार लिओनल मेस्सी, ब्राजिलियन नेयमार, र स्वरेज रहेका छन्। यी तिनलाई बार्सिलोना क्लबका लागि अहिले सम्मकै उत्कृष्ट फरवार्डमा रुपमा कतिपय खेल विश्लेषकहरुले बिश्लेषण गरेका छन्।

समग्रमा तीन खेलाडीले यो सिजन मात्र १२० गोल गरेका छन्। जुन खेल ईतिहासमा कमै भेटिन्छ।

युभेन्टस पनि रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो, करिम बेन्जिमा र ग्यारेथ बेल लगायतको टिमलाई निराशा बनाउँदै फाईनलको यात्रा तय गरेको हो। ईटालीमा कप र लिग जितेर आएको युभेन्टसलाई कमजोर र सहज रुपमा भने लिन सकिंदैन।

आजको खेलमा जुन टिमले जिते पनि फुटबलमा हुने दुर्लभ कीर्तिमान बन्नेछ । जसका लागि फुटबलहरुले सपना देखेका हुन्छन्।

यता स्पेनको बार्सिलोनामा रहेका हजारौ नेपालीहरु आजको खेलको प्रतिक्षा गर्दै बसेका छन्। बढी मात्रामा बार्सिलोनाको नै समर्थन रहेको जमातमा उनीहरु उपाधि जित्नेमा ढुक्क देखिन्छन्। सामाजिक संजालबाट आफ्नो समर्थन जनाउँन शुरु गरिसकेका छन्।

आजको उपाधि जितेमा रातभर बार्सिलोना गुन्जायमान हुने अनुमान गरिएको छ। यता रियल मड्रिडको समर्थन गर्ने नेपालीहरुले भने खुलेर नै युभेन्टसको समर्थन गर्ने मनस्थितिमा देखिएका छन्।