राजबल्लभको हलिउड फिल्म मड्रिड फिल्म फेस्टिभलमा ( अन्तरबार्ता सहित)


– वसन्त रानाभाट / बार्सिलोना

मड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०१५ मा सहभागी हुन नेपाली नायक राजबल्लभ कोईराला सहित ‘हाईवे टु धम्पुसको टिम स्पेन आउँने भएको छ। यसै फिल्मबाट हलिउड यात्रामा पाईला टेकेका कोईराला आफ्नो टिम सँगै सहभागी हुन मड्रिड आउँन लागेका हुन्।

जुलाई २ देखि ११ तारिक सम्म स्पेनको राजधानी मड्रिडमा अन्तराष्ट्रिय स्तरको फेस्टिभल हुन लागेको हो। रिक म्याक फारल्याण्डको निर्देशन रहेको चलचित्र हाईवे टु धुम्पुस बेष्ट फिचर फिल्म, बेस्ट लिड एक्ट्रिस,बेष्ट साउण्ड ट्राक लगायत अन्य विधाहरुमा पनि मनोनित भएको छ।

नेपालका सुन्दर ठाउँहरु पोखरा, धम्पुस ,काठमाडौ, लगायत अमेरिकाका बिभिन्न स्थानमा छायाँङ्कन गरिएको हलिउड चलचित्रमा कोईरालाको अतिरिक्त बेलायती अभिनेत्री रिचेल हर्डवुड, गार्नर राइट, सुएसा राणा, देशभक्त खनाल, सोफी म्याकसेरा, सुयुस गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

फेस्टिभलमा हाईवे टु धम्पुसको स्क्रिनिङ् हुने

मड्रिड इन्टरनेशनल फिल्म फेस्टिभलमा हाईवे टु धुम्पुसको स्क्रिनिङ्ग हुने भएको छ। जुलाई ७ तारिक स्पेनको समय अनुसार १२ बजेर २५ मिनेट जाँदा स्क्रिनिङ् हुने नायक कोईरालाले नेपालीनेपाली डटकमलाई जानकारी दिएँ।

उनले भने,” नेपालमा बनेको चलचित्र नेपालीहरु सँगै सेयर गर्न पाएँ,बिचारहरु सुन्न पाएँ भन्ने निर्देशकको पनि चाहना छ, अझ महोत्सवको भिडमा नेपाली जमातको छुट्टै महत्व हुने हुँदा सहभागी हुन अनुरोध गर्दछु।” स्क्रिनिङ्मा कोईराला सहित फिल्मका निर्देशक रिक ,अभिनेत्री रेचेल लगायतको टिम सहभागी हुने भएको छ।

पर्यटकलाई नेपाल जान प्रेरित गर्ने

बिनाशकारी भुकम्पले नेपालमा ठुलो धन जनको क्षति भईरहेको बेला फिल्मको टिमले पर्यटकहरुलाई नेपाल जान प्रेरित गर्ने भएको छ। पर्यटकीय शहर पोखरा, धम्पुस,लगायत काठमाडौका सुन्दर दृश्यहरु चलचित्रको पर्दामा समेटिएको हुँदा,तिनै दृश्यलाई पर्दामा देखाउँदै नेपाल पुग्न प्रेरित गर्ने भएको हो।

नायक कोईरालाले देशमा पुनर्निमार्णको खाँचो भएकोले आ- आफ्नो ठाँउबाट सबैले योगदान दिनु पर्ने बताउँदै अब चलचित्रको माध्यमबाट आँफुले पनि प्रयास गर्ने बताएँका छन्। प्रश्न उत्तर गर्दा हाम्रो बारेमा सोध्नु हुन्छ,नेपाली ठाउँको चर्चा गर्नु हुन्छ जसले गर्दा एकपटक नेपाल पुग्न प्रेरित गर्दछ कोईरालाले भने।

फेस्टिभलमा युरोपका उत्कृष्ट चलचित्रका कलाकर्मीहरु लगायत बिश्वभरबाट बिभिन्न विधामा मनोनित भएका चलचित्रका निर्मार्ता,निर्देशक,कलाकारहरुले सहभागिता जनाउँदै छन्। जुलाई २ देखि १०तारिक सम्म फिल्महरु स्क्रिनिङ् हुँदै ११ तारिक मड्रिड अवार्ड नाईट हुने भएको छ।

यस अघि पनि हाईवे टु धम्पुसले “हर्ट ल्याण्ड फिल्म फेस्टिभल” र “सोहो फेस्टिभलमा” अन्तराष्ट्रिय स्तरका अवार्डहरु जिती सकेको छ।