राहत वितरणमा संलग्न सबैलाई अन्तराष्ट्रिय नेपाली कलाकार समाजको धन्यवाद ज्ञापन


गत २५ मे २०१५ र तत्पश्चात गएका विनासकारी भूकम्पबाट पिडितहरुलाई तत्काल उद्धार, सहयोग र राहात प्रदान गर्ने संस्थाको निर्णयलाई आत्मसाथ गरि नेपालमा भूकम्प पिडितहरुको उद्धार सहयोग र राहत वितरण जस्तो कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुहुने यस संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाजका सम्पूर्ण पदाधिकारीज्यूहरु र सम्पूर्ण सहकर्मी संघसंस्था एवं व्यक्तित्वहरुलाई अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल कमिटि हार्दिक धन्यवाद ब्यक्त गर्दछ ।

आफ्नो सम्पूर्ण कार्यलाई थाँती राख्दै अमेरिका, युरोप, एसिया लगायतका महादेशहरुबाट नेपाल पुगेर पटक-पटक स्वयममा परेको भूकम्पीय जोखिममा समेत सेवा नै धर्म हो भन्ने सोचलाई अघि सारेर आफ्नो समय, श्रोत र साधनले भ्याएसम्मका प्रत्येक गाउँ वस्तीहरुमा गई भूकम्प पिडितहरुसंग प्रत्यक्ष रुपमा साक्षात्कार गर्ने, परेको विपत्तिमा निराशा नहुन र हिम्मत नहार्न संगीत, नाट्य, आपसी वार्तालाप लगायतका विभिन्न माध्यमहरुबाट हौसला प्रदान गर्ने र सकेसम्मको रासन, औषधिहरु र टेण्ट लगायतका राहतका सामाग्रीहरु वितरण गर्ने कार्यमा सम्पूर्ण पदाधिकारीज्यूहरुको अहोरात्र खटाई वास्तवमै अति-उच्च सराहानीय छ।

यसकार्यमा हाम्रो ग्लोबल कमिटीका संरक्षकज्यूहरु, वरिष्ठ सल्लाहाकार र सल्लाहाकारज्यूहरु, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव, क्षेत्रीय कमिटीका संयोजकज्यू, सह-संयोजकज्यू सहित सम्पूर्ण पदाधिकारीज्यूहरु, सबै नेशनल कमिटीका अध्यक्षज्यू, उपाध्यक्षज्यू लगायतका सम्पूर्ण पदाधिकारीज्यूहरु लगायत सबै पदाधिकारीज्यूहरुको उत्तिकै ठूलो र महत्वपूर्ण सहकार्य र योगदान रहेको छ।

unnamed-27

सबैले व्यक्तिगतभन्दा संस्थागत महत्वलाई बढि प्राथमिकतामा राख्दै हातमा हात र काँधमा काँध मिलाएर यस कार्यमा सक्रियता देखाउनुभएको छ। तसर्थ यस महान कार्यमा ऐक्यवद्धता र उत्कृष्ट उदाहारण प्रस्तुत गर्दै कार्य गर्नुहुने सबै पदाधिकारीज्यूहरु प्रति हामी धन्य र अनुग्रहित छौं। तसर्थ कृतज्ञ हुदै हामी सबैलाई आभार सहित धन्यवाद व्यक्त गर्न चाहान्छौं।

यस सेवामूलक कार्यमा विशेष गरी प्रत्यक्ष सहभागी भएर कार्यगर्नु हुने यस संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) ग्लोबल कमिटीका संरक्षकज्यूहरु श्री मिरा राणा र श्री निता श्रेष्ठ, सल्लाहकार नीर शाह, श्री उद्धव पौडेल, श्री प्रदिप बम्जन, सल्लाहकार एवं इनास युरोप कनटिनेण्टल कमिटीका संयोजक श्री अर्जुन काफ्ले (बेल्जियम), सल्लाहाकार श्री फणिन्द्र पन्त(नेदरल्यान्ड्स), कार्यकारी सदस्य श्री रमेश त्वायना (लक्जम्बर्ग), इनास युकेका संरक्षक श्री मनिष कुमार श्रेष्ठ (बेलायत), इनास अमेरिका केन्द्रिय कार्य समितिका सल्लाहाकार श्री उदय राणा (अमेरिका), इनास कोलोराडो-अमेरिकाकी महासचिव श्री निशा घिमिरे (अमेरिका), इनास इटालीका संरक्षक श्री क्षेत्र कुमार श्रेष्ठ (इटाली), नेपालबाट राहत वितरण समिति सहभागी सदस्यहरु श्री अनुप कुमार बराल, श्री अनु श्रेष्ठ, श्री राजेश घतानी, श्री रिता थापा लगायतका सम्पूर्ण प्रतिनिधीज्यूहरुको कार्यको इनास ग्लोब कमिटी मुक्त कण्ठले तारिफ गर्दछ।

यस्तै चलचित्र कलाकार संघका तर्फबाट सहयोग गर्नुहुने अध्यक्ष श्री नवल खड्का लगायतका अन्य पदाधिकारीज्यूहरु कलाकार श्री कृष्ण मल्ल, लक्ष्मी गिरी, शिवहरि पौडेल, राम बोगटी, उत्तम केसी, आयुष खड्का, मोहन आचार्य, कृष्ण भक्त महर्जन, मदन घिमिरे सम्पूर्ण प्रति हामी कृतज्ञता व्यक्त गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छौं।

त्यस्तै यस विपत्तिको बेलामा हाम्रो राहत वितरण अभियानमा एकाकार भएर कार्यक्रम गर्नु हुने नायक धिरेन शाक्य, मणिराज लवट, नायिका हिसिला महर्जन, द्वन्द निर्देशक राजेन्द्र खड्गी, अभिनेता सविन शाक्यका साथै मन्दील श्रेष्ठ, ज्ञानेन्द्र शाक्य, हृदय प्रसाद मिश्र, आर एम नकर्मी, बबिन प्रधान, राजु शाही, महेन्द्र कुंवर, अर्णेस्वरी श्रेष्ठ, राम शिल्पकार, आयुषा श्रेष्ठ, आशिष श्रेष्ठ लगायतका सम्पूर्ण व्यक्तित्वहरुबाट भएको उच्च सहयोग र उदाहारणीय योगदान प्रति इनास धन्यवाद ज्ञापन गर्न चाहान्छ र उहाँहरु प्रति हामी सधै कृतज्ञ रहनेछौं।

unnamed-28

साथै “सेवा नै धर्म हो र सेवानै कर्म पनि हो” भन्ने मूल उद्देश्य बोकेर विनासकारी भूकम्पबाट पिडितहरुको राहतको लागि संचालन गरिएको प्रारम्भिक राहत वितरण तथा सहयोग सम्बन्धी हाम्रो अभियानमा सहयोग र सहकार्य गर्नुहुने सम्पूर्ण पदाधिकारीज्यूहरु तथा महानुभावहरुलाई हामी हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं र भविष्यमा समेत यस्तै किसिमका सहकार्यहरु निरन्तर रहने अपेक्षा गर्दछौं।

तत्कालिन र दीर्घकालीन राहत बितरणको योजना अन्तर्गत कार्य सम्पादनमा क्रियाशील विश्व भरिका कलाकार, साहित्यकार र भाषा, कला र संस्कृतिप्रेमीहरुको विश्वव्यापी साझा संस्था यस अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) ले राहत वितरण सम्बन्धि प्रारम्भिक कार्यलाई समेत निरन्तर राख्दै दोश्रो चरणको राहत वितरण प्रक्रियामा प्रवेश गरी कार्य अघि बढाउने निधो गरेको छ।

unnamed-29

जस अन्तर्गत तत्कालका लागि गाउँ-वस्तीहरुमा अस्थायी सेल्टरहरु निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने र दीर्घकालीन रुपमा प्रयोगमा आउने बिद्यालय तथा स्वास्थ्य चौकीहरुको निर्माणको लागि समेत पहल गर्ने योजनालाई मूर्त रुप दिन इनास सधै कटिवद्ध रहनेछ । यस योजनामा पनि हाम्रो विश्वभरिका सबै नेशनल कमिटीहरुको ऐक्यवद्धता रहेको छ भने एकपछी अर्को गर्दै अन्य संघसंस्थाहरु र सहयोगी मनहरुले प्रकट गर्नुभएको सहकार्यको प्रतिवद्धताहरु समेत भएका छन्। यसका लागि हामी सबैलाई धन्यवाद र आभार प्रकट गर्दछौं र सबै प्रति सधै अनुग्रहित रहनेछौं।

धन्यवाद ! जय इनास !

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस), ग्लोबल कमिटी
आमस्टरडम, नेदरल्यान्ड्स।