सि. के र सरिता देश निकाला हुनु पर्छ (गजल)


– मान बहादुर के.शी. ( मुस्कान देउडाप्रेमी )

सि. के र सरिता देश निकाला हुनु पर्छ
सम्मान स्वरुप जुत्ताको माला हुनु पर्छ

जथाभाबी थुतुनो चलाउदैछन् देशद्रोही
कि त यि दुबैको मुखमा ताला हुनु पर्छ

त्यति मात्रै गरेर नि नपुग्ला जस्तो छ
सके कालो मसो दलेका गाला हुनु पर्छ

कुरा सबै प्रश्ट छ किन मौन छ सरकार
कुर्चिमा कारबाही गर्ने सोचवाला हुनु पर्छ

जसले गर्छन् सहयोग बिपत घडीमा
समाजमा उनको नै बोलबाला हुनु पर्छ

– मंगल्सैन ४ अछाम हाल- फुजैराह यू.ए.ई.