रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी बर्खास्त,


काठमाडौं । रियल मड्रिडले प्रशिक्षक कार्लो एन्सेलोटीलाई बर्खास्त गरेको छ ।
यो सिजन प्रमुख उपाधि जित्न असफल भएपछि रियलले ५५ वर्षका इटालियन एन्सेलोटीलाई बर्खास्त गरेको हो ।

बोर्ड बैठकपछि क्लबका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले अर्को साता नयाँ प्रशिक्षक नियुक्त गर्ने बताएका छन् । एन्सेलोटीले के गल्ती गरे थाहा नभएको भन्दै उनले भने–यो सहज निर्णय थिएन ।’गत सिजन एन्सेलोटीको प्रशिक्षणमा रियलले च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

तर, यो सिजन सेमिफाइनलमा युभेन्टससँग पराजित भयो भने ला लिगामा दोस्रो स्थानमा रह्यो । नापोलीका प्रशिक्षक राफेल बेनिटेज रियल मड्रिडको प्रशिक्षक बन्ने सम्भावना छ ।

रियलबाट बखास्र्त हुनु अघि एन्सेलोटीले भने आफूलाई इंग्ल्याण्ड, इटली र जर्मनीबाट अफर आएको बताएका थिए ।