भूकम्प पीडितलाई अखाद्य चामल बाँडीयो,विश्व खाद्य कार्यक्रम र रेडक्रसलाई कारवाहीको माग


काठमाडौं/ राष्ट्रिय मानवअधिकार आयोगले भूकम्प पीडितलाई अखाद्य चामल वितरण गर्ने विश्व खाद्य कार्यक्रम र नेपाल रेडक्रस सोसाइटीलाई कानुनी कारवाही गर्न सरकारलाई सिफारिश गरेको छ।

पीडितलाई राहतका नाममा अखाद्य र अस्वस्थ चामल वितरण गरेको भन्दै कानूनी कारबाही गर्न सरकारलाई सिफारिश गरेको छ ।

राहतस्वरुप बाँडिएको चामल खाँदा काभ्रेका बालबालिकामा झाडापखाला लागेपछि आयोगले थप बाँड्न ठीक पारिएका चामलको निरीक्षण गरेको थियो । आयोगबाट काभ्रेमा गएको अनुगमन टोलीले विश्व खाद्य कार्यक्रमले उपलब्ध गराई नेपाल रेडक्रस सोसाईटीद्धारा भूकम्प पीडितलाई वितरण गरिएको चामल गुणस्तरहीन पाएपछि कारबाहिका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।

आयोग सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालको नेतृत्वमा गएको अनुगमन टोलीले काभ्रे, महादेवस्थानको समाजसेवा भवनमा भण्डारण गरी राखिएको चामल गुणस्तरहीन रहेको पाएको हो।

‘‘मानिसको स्वास्थ्य तथा जीवनसँग सम्बन्धित खाद्यान्नमा खेलबाड गर्ने संस्थाहरुलाई कानूनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँछ,’ आयोगले मंगलबार विज्ञप्ती जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खाद्य ऐन, २०२३ को दफा ३ ले गुणस्तरहीन खाद्य पदार्थ वितरण गर्न रोक लगाएको छ। समाजसेवा भवनमा रहेको चामलको भण्डारणको अवलोकन गर्दा स्वस्तिक, सुरज चामल, उत्पादक ठाकुर एग्रो ईण्डष्ट्रिज लेखिएको पहेँलो बोरा र सादा सेतो प्लाष्टिको बोरामा चामल भण्डारण गरि राखेको पाइएको थियो ।

पहेलो बोरामा उत्पादन मिति मे, २०१५ र उपभोग मिति उत्पादन भएको मितिले ६ महिना भित्र प्रयोग गरी सक्नु पर्ने समेत उल्लेख भएको र नाङ्गो आखाँले हेर्दा समेत कालो रंगको झण्डै आधा कनिका मिसावट रहेको आयोगको अनुगनमनमा भेटिएको थियो।

गुणस्तर जाँच प्रतिबेदनमा ुटुक्रेको चामलको मान नेपाल सरकारले चामलको लागि तोकेको अनिवार्य गुणस्तर अनुरुप नरहेको देखिएकोु आयोगको विज्ञप्तिमा उल्लेख छ

आयोगको विज्ञप्ति

CF8DggnUEAA2Wer.jpg-large-744x1024