एनआरएनले करिव १७ हजार परिबारलाई राहत वितरण गर्यो, अब पुनःनिर्माणमा जुट्ने


काठमाडौं । नेपालका भूकम्प पीडितका लागि गैरआवासीय नेपाली संघले पहिलो चरणमा घोषणा गरेको आपतकालिन राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।

 संघले गोर्खा, लम्जुङ, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली र सोलुखुम्बु गरी १३ जिल्लाका बिभिन्न गाउँविकास समितिमा पुगेर राहत वितरण गरेको गरेको हो ।

 गत वैशाख १२ गते आएको महाभूकम्प लगत्तै गैरआवासीय नेपाली संघले घोषणा गरेको राहत कार्यक्रम अर्न्तगत अति प्रभावित १३ जिल्लाका करिव १७ हजार परिवारलाई राहत वितरण जनाएको छ। जसबाट अनुमानित करिव ६८ हजार भूकम्पपीडित प्रत्यक्ष लाभान्वित भएका छन् ।

राहत कार्यक्रममा संसारभरबाट नेपाल आएका तीन सय भन्दा धेरै स्वयंसेवक परिचालित भएका थिए । राहत प्याकेजसँगै गैरआवासीय नेपाली संघले बिभिन्न जिल्लामा २६ वटा मेडिकल क्याम्प सञ्चालन गरेको थियो ।

आपतकालीन राहत वितरण सकिए पछि गैर आबासीय संघ अब पुनःनिर्माणमा केन्द्रित हुने भएको छ।