कालीगण्डकी नदी पुरानै बहावमा फर्कियो,खतरा टर्‍यो


काठमाडौं । म्याग्दीको बैसरीमा आइतबार राति १ बजेदेखि कालीगण्डकी नदी थुनिएर बनेको तलाउबाट सोह्र घण्टापछि पानी बग्न थालेको छ। राम्चे ९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले थुनेको कालीगण्डकीबाट साँझ पाँच बजेदेखि पानी बग्न थालेको हो।

पानीले आफैं बाटो बनाएर तलतर्फ बग्न थालेको प्रहरी नायव उपरीक्षक हिरा गिरीले बताए। पहिरोले कालीगण्डकी नदी थुनिदाँ एक सय मिटर गहिरो तीन किलोमिटर टाढासम्म तलाउ बनेको थियो।म्याम्दीको राम्चेमा पहिरो खसेर काली गण्डकी नदी थुन्दा बनेको बनेको ताल फुटेको छ । तर, यसले कुनै मानवीय तथा भौतिक क्षति भएन ।

सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालका अनुसार तालको पानी सकिएको छ र कालीगण्डकी नदी अब पुरानै बहाव आएको छ । ‘सानोतिनो पहिरो त झरिरहेको छ । तर, अब ताल सकियो’ चोखालले  भने-‘ठूलो खतरा टरेको छ ।’
म्याग्दीको राम्चे गाविस ९ मा पहिरो खस्दा मध्यरातदेखि कालीगण्डकी नदी थुनिएको थियो । जसका कारण २ किलोमिटर लम्बई र एक समय मिटर गहिरो ताल बनेको थियो ।
आइतबार ५ बजेतिर ओभर फ्लो भएर तालबाट पानी बग्न सुरु भएको थियो । तर, ओभर फ्लो भएपछि पानी बगेपछि ताल फुट्दा नदीमा ठूलो पानी आएको थियो । जसका कारण बेनी बजारसम्म नदीको छाल पुगेको थियो ।

झण्डै आधा घन्टा बाढी जस्तै भएर नदी ठूलो आएपछि क्रमिक रुपमा पानीको सतह घटेको छ । सहायक प्रजिअ चोखालले भने-सबै भन्दा नजिकको बस्ती भनेकै बेनी हो । यहाा पनि ठूलो भौतिक क्षति भएको छैन ।’