परम्परागत पानी दिवस मनाईयो


ललितपुर/ नेपालको नेवार समुदायमा परम्परागत रुपमा प्रत्येक बर्ष मनाइदै आईएको सिठि नखः पर्वलाई पानी दिवसको रुपमा मनाइएको छ ।

यसै क्रममा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं.१० बाँडेगाउँ स्थित रेडियो पर्यावरण १०४.२ मेगाहर्जको प्राङ्गणमा रहेको बहुचर्चित सिन्को धारा (सिन्को हिटि) वरिपरि सरसफाई गरि पानी दिवस मनाईएको छ ।

यस पर्वमा पानीको मूहान, कुँवा र ईनार आदि सरसफाई गर्ने परम्परा रही आएको छ । बा¥है महिना एकनासले पानी आई रहने जिवन्त प्राकृतिक ढुँगे धाराको रुपमा उपत्यकामा नै चर्चित सिन्को धारामा युवा जागरण पर्यावरणीय मञ्चका अध्यक्ष डा.अष्टमान किसि महर्जनको सकृयतामा स्थानीयवासीहरुको सहभागितामा मूहानको सरसफाई गर्दै परम्परागत पानी दिवस मनाईएको हो ।