‘मर्न कसैलाई रहर हुँदैन’ फेसबुकमा लेख्दै आत्महत्या….


माथि उल्लेख भएको एक चर्चीत गीत हो । निकै वेदनाको शब्द रहेको उक्त गीतको वाक्य लेखेरै एक व्यक्तीले कोरियामा आत्महत्या गरेको खबर छ ।

‘मर्न कसैलाई रहर हुँदैन….’ भन्ने आशयको फेसबुकमा सोमबार बिहान नौ बजे स्टाट्स लेख्दै लेखनाथ नगरपालिका कास्की घर भएका रामहरि बरालले सोमबार बेलुका कोरियामा आफनै कोठामा डोरीको पाँसो लगाएर आत्महत्या गरेका छन्। उनि एक वर्ष अगाडी कोरिया आएको बताइएको छ ।

दक्षिण कोरियाको एक फलाम कम्पनीमा काम गर्ने बरालको साथमा ६ पृष्ठ लामो सुसाईडनोट भेट्टिएको छ भने साथमा साँढे तीन लाख भन्दा बढी रकम पनि रहेको छ।

सुसाईडनोटमा उल्लेख भए अनुसारको आशय बुझ्दा पारिवारीक तनाब, आफ्ना चाहनाहरुमा परिवारबाट सर्पोट नहुँनु, दाई सिंगापूर पलायन हुँनु,पारिवारीक जिम्मेबार आफूमा मात्र रह्नु, जस्ता कारणहरु रहेको बताइएको छ । लास नेपाल पठाउनको लागि साथै कुटनीतिक प्रक्रियामार्फत नेपालमा रहेका मृतकका आफन्तलाई आजै जानकारी पठाईएको र प्रक्रिया पुरा हुनासाथ नेपाल पठाइने दक्षिण कोरियाका लागि श्रमसहचारी अनिल गुरुङले जानकारी गराए।

दक्षिण कोरियामा पछिल्लो चार महिनामा मात्र  आठ जना नेपालीको मृत्यु भएकोमा ती मध्य चारजनाले आत्महत्या गरेका छन् । करीब एक दशक अघि नेपाली दुतावासको स्थापना भएको थियो र त्यसयता असी जनाको विभिन्न कारणबाट मृत्यु भएको छ ।