राजदुत कार्कीले ओबामालाई भेटे


Screen Shot 2015-05-19 at 13.53.44

(तस्वीर स्रोत: नेपाली दुतावास, अमेरिका)

वाशिंगटन डीसी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भुकम्पपछि नेपालको पुर्नुउत्थानका लागि अमेरिकाको सहयोग रहने बताएका छन् । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले पेश गरेको ओहोदाको प्रमाणपत्र बुझदै ओबामाले नेपालको विपतमा अमेरिकाको साथ रहने भन्दै आश्वस्त पारेका हुन् ।

ओबामाले भूकम्पले सिर्जना गरेको चुनौती तथा पुर्नस्थापनाका लागि दीर्घकालिन प्रतिवद्धता र कठिन परिश्रमको आवश्यकता औंल्याएको अमेरिका स्थिति नेपाली दुतावासले जनाएको छ ।

ओबामासँगको भेटमा राजदूत कार्कीले आगामी दिनमा राहत, पुर्नस्थापना, पुनर्निर्माण कार्यमा अमेरिकी सहयोग अझ बढी प्राप्त हुने विश्वास ब्यक्त गरे ।

राजदूत कार्कीले नेपाललाई सहयोग जुटाउने उद्धेश्यका साथ् काठमाडौमा हुन लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनबारे ओबामालाई जानकारी गराएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । भुकम्प पछि नेपाली अधिकारीले अमेरिकी राष्ट्रपतीलाई भेट्नेमा राजदुत कार्की नै पहिलो व्यक्ति हुन ।