विर नेपाली गल्दैन, जमिन गलेपनि, पहाड ढलेपनि


– सन्तोष श्रेष्ठ
नेपालबाट हल्लाउदै पालमा , पालबाट अब के भुपाल जाने !!
सडकबाट पनि हट,जंगलमा पहाडै चट अब भन हाम्रो के लाने !!
भान्सा पुरियो खानै छैन ,च्याउ र सिस्नो पनि सकिय के अब माटो खाने !!
कहिले मन फाटे ,कहिले महल ,यसपाली त देशै फाट्यो
भनन हाम्रो के लाने ,हामी कहॉ जाने , नेपालीले के खाने !!

नेपाल रहे पो नेपाली रहुला ,ज्यान रहे पो दुख सहुला
ढुंगे युगमा पुगें कि क्या हो लौन अहिले नगर मनमाने !
भग्नाबशेषबाट ऑमा भन्छिन् बाबु बचॉउ , बालक भन्छ पानी पानी
भिजेको ऑखा खोलेरै , ज्यानको बाजी मोलेरै भनन बचॉउन जाने कि नजाने !

एउटा गॉउ त उडायो हजुर , पल्लो गॉउले के गर्दैछ कातर
सहयोगको मुहार देखाउन र गुहार दिन किन तिम्रो यत्रो आनाकानी
हिजो आस गरेका हरुको आज लास त देखाईदेउ नगर न बिन्ती यस्तो बेईमानी
समाचार सुचना पनि मन परी ,पाल र राहत पनि गरे धन परि
के सुतेर फाल्छौं दिन फेसबुकमा,उता चोरलाई ढुडंगा नहानी

फोटो नखिची समाजसेबा नहुनी फेता नलगाई नेता नहुनी
अहिले दुलो पस्छौं पछि ठुलो खोज्छौं लात तिमिले खानी कि नखानी
सके धन बाडौं नसके मन ,रगत बाडौं मलम बाडौं बाडौं न पानी पनि
अन्नले भरीएको भकारी तिम्रो ,उसको १८ दिने पेट भोको
तिम्रो अन्न हो कि खरानी भनन उस्ले खानी कि नखानी !

ढल्न हुन्न नेपाली ,टल्न पनि हुन्न ,नेपाल फेरी झलमल्ल हुनेछ
बिर नेपाली गल्दैन जमिन गलेपनि पहाड ढलेपनि आकाश जले पनि ,आकाश जलेपनि !!!