बिदेशीको सहयोगमा पोखरा बिरौटा क्लबले १६ लाख बराबरको राहत बाँड्यो


– मोहन राज बराल
पोखरा / बिदेशीहरुले गरेको सहयोग लिएर पोखरा बिरौटा क्लबले भूकम्प पीडितहरुलाई १६ लाख रुपैयाँ बराबरको राहत बितरण गरेको छ ।क्लबले गोरखा, धादिङ्,रसुवा,चितबन लगायतका जिल्लामा पुगेर त्रिपाल,कम्बल,खाद्यान्न,लत्ताकपडा तथा भाँडाकुडा वितरण गरेको हो ।

बेलायत,फ्रान्स,अस्ट्रेलियाका बिदेशी नागरिकहरुले राहत बितरणका लागि भन्दै क्लबलाई रकम दिई सहयोग गरेका थिए।

पोखरा उप- महानगरपालिका -१७ मा रहेको बिरौटा क्लबका प्रतिनिधीहरु चितवन चण्डीभञ्ज्याङ स्थित चेपाङ गाउँमा पनि पुगी राहत बाँडे। १५० थान कम्बल र त्रिपाल, १५० बोरा चामल लगायत दाल,नुन,तेल, लत्ताकपडा वितरण गरिएको क्लबका अध्यक्ष सूर्यप्रसाद बरालले जानकारी दिए ।

unnamed-21

अध्यक्ष बराल सँगै सल्लाकार अर्जुन पोख्रेल ,सचिव पबित्र मणि पोख्रेल, सदस्यहरु प्रकाश बराल,प्रकाश सुवेदी लगायतको टोलि राहत लिएर चण्डीभञ्ज्याङ पुगेको थियो।

क्लबले यस अघि भुकम्प प्रभावित जिल्लाहरु रसुवा, गोरखा र धादिङका केही गाउँहरुमा पुगी खाद्यान्न तथा भाँडाकुडा वितरण गरिसकेको जनाएको छ। सोहिक्रममा क्लबले मलेसियन चिकित्सक टोली सँग मिलेर स्वास्थ्य शिविर समेत सम्पन्न गरेको थियो ।

unnamed-22

गोरखाको दल भञ्ज्याङका ५० परिवारलाई कम्बल त्रिपाल,धादिङको कल्लेरीमा १ सय ५० घरका लागि चामल, नुन,दाल, त्रिपाल वितरण समेत गरेको थियो। यस्तै रसुवाको बेत्रावती र राम्चेमा २ सय घरपरिवारलाई खाद्यान्न, भाँडाकुडा वितरण गरिसकेको टोलि अब तनहुँको छेपा गाबिसमा राहत लिएर जाने तयारी गरिरहेको अध्यक्ष बरालले जानकारी दिएका छन्।

 

unnamed-23