लोड सेडिङ्ग अन्त गर्ने आयोजना ‘माथिल्लो तामाकोसी’मा भुकम्पले क्षती


काठमाडौं । नेपालले लोड सेडिङ्ग अन्त गर्ने महत्वाकांक्षाका साथ् निर्माण संचालनमा ल्याएको एक जलविधुत आयोजना भूकम्पका कारण क्षती भएको छ । दोलखामा रहेको बहुचर्चित ४५६ मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध १७ इन्च भासिएपछि निर्माणकार्य हाललाई ठप्प भएको छ । सो आयोजना आगामी तीन वर्षमा सम्पन्न हुँदै थियो र नेपालको विधमान लोडसेडिङ्गलाई अन्त गर्ने ठानिएको थियो ।

Screen Shot 2015-05-13 at 18.33.40

                                                              (आयोजना स्थल)

सुरुङलगायतका अन्य संरचनामा क्षति नभए पनि ड्याममा भएको क्षति र श्रमिकहरु आतंकित भएपछि आयोजनाको निर्माणकार्य बन्द भएको दोलखाका पत्रकार दिलबहादुर केसीले जानकारी दिएका छन् ।

सो आयोजनाले आगामी केही महिनामा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको  शेयर सर्वसाधारणका लागि निष्काशन गर्दै थियो । सेयर लागनीमा चासो राख्ने अधिकांश लगानीकर्ताहरुले तामाकोशीको सेयरमा लगानी गर्न रकम जुटाएर बसेका थिए । भूकम्पको प्रभावका काराण आयोजनाको सेयर निष्काशन पनि प्रभाािवत हुने देखिएको छ ।