मदन आश्रित दिवसमा डेनमार्कमा कार्यक्रम हुँदै


प्रसावी नेपाली मंच डेनमार्क (एन डी एफ) ले मदन-आश्रित स्मृति दिवसको अवसरमा एक कार्यक्रम गर्ने भएको छ । २२ औं मदन-आश्रित दिवसको अवसर पारेर एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको लागिएको महासचिव दिपक पाण्डेले बताए । अन्तरक्रिया कार्यक्रमको लागि विषयको पनि छनौट गरिएको छ । ”समुन्नत राष्ट निर्माणको आधार, सशक्त स्थानीय सरकार : नेपालको सन्दर्भमा डेनमार्कको दृष्टान्त” विषयक अन्तरक्रिया गरिन लागेको अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए । डेनमार्कमा क्रियाशील सबै नेपाली संघ संस्थाहरुको समेत सहभागिता रहने उक्त कार्यक्रममा उपस्थित जनाई दिनको लागि संस्थाले सुचना जारी पनि गरेको छ ।  कार्यक्रम निम्न मिति र स्थानमा हुने बताइएको छ ।

मिति : २०१५, मे  १७, आइतबार
स्थान : Præstelængen 28, 2400 København NV
समय : दिनको १२ः१५ बजे