नेपालको विपत्तीमा सहयोग संकलन गर्दै जर्मनमा नेपाली मनकारीहरु


म्युनिख, जर्मनी । नेपालको विपत्तीमा सहयोग गर्ने उद्धेश्यका साथ् जर्मनीमा पनि राहत संकलन कार्य अगाडी बढिरहेको छ । त्यहाँ एन आर एन लगायत विभिन्न नेपाली संघ संस्थाहरुले राहत संकलन कार्य गरिरहेका छन् । यसै सिलसिलामा जनसम्पर्क समितिले आफनो कार्यसमितिका सबै संग करिब १६ लाख रुपैयाँ संकलन गरेको छ ।

यसै गरी जर्मनीको मुन्स्टर शहरमा रेस्टुरेन्ट व्यवसाय गरी बस्ने टंक लम्सालले आफनै पहलमा आफनै रेस्टुरेन्टमा जर्मन नागरीकहरुसंग करीब ५ हजार युरो संकलन गरेका छन् । उक्त रकम उनले एन आर एन जर्मनीलाइ हस्तान्तरण गरिसकेको उनले बताए ।

Screen Shot 2015-05-13 at 17.34.33

(सहयोग गरेका जर्मन नागरीक )

यसै गरी अर्को सानो शहर डार्म्स्टाड मा रोडबाट ३९ सय सात युरो संकलन भएको त्यहाँबाट हाम्रा सहकर्मी ज्ञानेन्द्र न्यौपानेले बताएका छन् । थोरै नेपाली बसोबास गर्ने शहरमा पनि  करीब तिन दिनको ‘स्ट्रीट प्रोग्राम’ बाट उक्त रकम उठेको उनले जानकारी दिएका छन् । यस्तै अन्य अरु पहल गरेको ठाउँ बाट लगभग दुई हजार युरो आउँछ र त्यो समेत गरी करीब ६ हजार युरो OXFAM, Deuthchland भन्ने संस्था मार्फत नेपालमा सहयोग गरिने पनि उनले बताए । उक्त संस्थाले हाल भुकम्पग्रस्त क्षेत्रमा आँफै राहत बाँडेको पनि उनले जानकारी दिए । यसैगरी अर्को शहर फ्राङ्कफर्टमा पनि स्ट्रीट मो.मो. कार्यक्रम गरी करीब  लगभग ६ हजार युरो उठाइसकेका छन् ।

Screen Shot 2015-05-13 at 17.35.24

(डार्म्स्टाडमा स्ट्रीट कार्यक्रम गर्दै नेपालीहरु)