धादिङको चेपाड्गबस्तीका ६२ घर धुरीलाई जस्तापाता ( टिन) बितरण


पोखरा/ भूकम्पले देश नै तहसनहस भईरहेको बेला पोखरेलीहरुको नजर भने धादिङ्को चेपाड्ग बस्तीमा परेको छ। देशभर बिभिन्न संघसस्थाहरुले राहत बितरण गरिरहेका बेला प्रबासीहरुले गरेको सहयोग लिएर पोखरेलीहरु चेपाड्ग बस्ती पुगेका हुन्।

पोखराको शितलचौतरा टोल बिकास संस्थाबाट धादिङको पेडा गाविस वडा नं. ४ स्थित चेपाङ बस्तीमा ६२ घर धुरीको लागि टिन जस्तापाता बितरण गरेको संस्थाका सहकोषाध्यक्ष मोहनराज बरालले बताए।

उनले नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै भने ” चेपाड्ग जाति एक त आफैमा पिडा बोकी रहेका बेला झन् भूकम्पले तहसनहस पारिदियो, बर्खा शुरु हुनै लाग्दा घर छाउने जस्तापाता (टिन ) लगेर बितरण गरेका हौ । प्रबासमा रहेका धेरै साथीहरुले फेसबुकमा कुरा गर्दै सहयोगको प्रतिबद्दता जनाए पछि सहयोगको अभियान थालियो ।”कम्तिमा बस्ने घरको ओत भयो भने जीवन त गुजारा चलाउन सजिलो होला भनेर बितरण गरेको बराल बताउछन्।

11208685_1067781986583418_615334659_n

 

पोखरा-१७ छोरेपाटन स्थायी घर भई हाल बेलायतमा रहदै आएका नबीन गुरुङले १५ घर धुरीलाई पर्ने जस्तापाता उपलब्ध गराएका थिए। युकेका अनिल श्रेष्ठ, विक्रम खत्री लगायत नेपाल, भारतका विद्यार्थीबाट संकलित ३० हजार रुपैंया पनि पत्रकार रञ्जन अधिकारीले चेपाड्ग बस्तीका लागि भन्दै सस्थालाई नै हस्तान्तरण गरेका थिए।

भुकम्पबाट आफै प्रभावित बनेका पत्रकार रञ्जन अधिकारीले आफ्नो गाउँठाउँमा राहत वितरणका लागि हप्तादिन बढि लागेकाले सोचेनुरुप सहयोग संकलन गर्न नसकेपनि आफुलाई विदेशबाट प्राप्त ३० हजार रुपैयाँ चेपाङका लागि भन्दै हस्तान्तरण गरेका हुन्।

20150507_103933-660x330-2