सुदूरपश्चिम सेवा समाज यू.ए.ई. द्वारा भूकुम्प पीडितलाई राहत संकलन


– यू.ए.ई

.सुदूरपश्चिम सेवा समाज यू.ए.ई.ले संस्थाका अध्यक्ष शिबराज जैशीको अधक्ष्यतामा १ मिनटको मौन धारण गरेर शुरु भएको शोकसभा बैठकमा बिनाशकारी महा भूकम्पबाट मृत्यु भएका दिवंगत आत्माहरुको शान्तिका लागि प्रार्थना गरेको थियो ।

गएको बैसाख १२ गते नेपालमा गएको बिनाशकारी महा भूकम्पबाट हजारौले ज्यान गुमाउनु परेको थियो, लाखौं घरबार बिहिन भएका थिए, हजारौ घाईते भएका थिए भने अरबौ को क्षति भएको थियो । उक्त महा बिनाशकारी भूकम्पबाट हजारौ घर परिवार गुमाएर महाविपत्तीमा गुर्जिरहेका नेपालीहरुको सहयोगका लागि सुदूरपश्चिम सेवा समाज यू.ए.ई.ले चार लाख उनासी हजार दुई सय चौतिस रुपैया प्रधान मन्त्री राहत कोषमा पठाएको छ, भने सोहि कार्यक्रममा उपस्थित भुकम्पले घरबार गुमाएकी सिन्धुप्लान्चोक मानेश्वोर निवासी मिना भण्डारीलाई नेपाली तिरिहत्तर हजार छ सय सत्र रुपैया प्रतक्ष वहाँको हातमा बुझाएको छ । जम्मा मिलाएर पाच लाख बावन्न हजार आठ सय एकावन्न  रुपैया राहत गरेको छ ।

unnamed-19

साथै बैठकमा नयाँ बर्षको शुभकामना आदान प्रदान तथा देउडा खेल कार्यक्रमको समिक्षा र संस्थाले आउँदा दिनमा के कसरी अघाडी बढ्ने भन्ने बारेमा पनि छलफल भएको थियो, सोहि बैठकमा पत्रकार तथा संस्थाका प्रबक्ता खेम राज खनाल लाई १८ हजार सन्ताउन्न रूपैया  नगद टिकट खर्च स्वरुप दिएर स-सम्मान बिदाई पनि गरेको थियो, सो बैठकको संचालन महासचिब मान बहादुर के.शी. ‘मुस्कान’ले गर्नु भएको थियो ।

भूकम्प पिडितलाई केहि राहत होस् भनि समाजले सकिदो सहयोग गर्नुका लागि अपिल गरेको थियो भने सो कार्यमा सुदूरपश्चिम सेवा समाजका सबै पदाधिकारी आ-आफ्नो क्षेत्रबाट सहयोग जुटाउनु लागेका थिए । सुदूरपश्चिम सेवा समाज यू.ए.ई. ले यू.ए.ई. का बिभिन्न शहरहरु बाट संकलित रकम जम्मा  चार लाख उनासी हजार दुई सय चौतिस रुपैया प्रधान मन्त्री राहत कोषको खाता नं  ००१०११०२२०००१२ मा जम्मा गरेको र भूकम्पले घरबार गुमाएकी सिन्धुप्लान्चोक मानेश्वोर निवासी मिना भण्डारीलाई नेपाली तिरिहत्तर हजार छ सय सत्र रुपैया प्रतक्ष वहाँको हातमा बुझाएको देउडा गायक तथा समाजका महासचिब मान बहादुर के.शी. ‘मुस्कान’ले जानकारी दिए ।