गजेन्द्र भण्डारी राष्ट्रिय सिर्जनशिल पत्रकारिता पुरस्कार २०७२ युवा पत्रकार नबीन सिग्देललाइ


राजाराम पौडेल/पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीले बर्ष २०७१ को गजेन्द्र भण्डारी राष्ट्रिय सिर्जनशिल पत्रकारिता पुरस्कार २०७२ युवा पत्रकार नबीन सिग्देललाइ प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा संचालित तथा स्वर्गिय पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा उहाँका परिवारजनद्धारा स्थापित पुरस्कारको राशी २५ हजार नगद, ताम्र पत्र र दोसल्ला रहेको रहेको छ । सिग्देल आर्दश समाज दैनिकमा प्रमुख संवाददाताका रुपमा कार्यरत  छन् ।
पत्रकार महासंघ कास्की शाखाद्धारा गठित प्रतिभा छनौट समितिको सिफारिस अनुसार,  आइतबार बसेको कार्यसमितिको बैठकले सिग्देललाइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रतिभा छनौट समितिको संयोजकमा बरिष्ठ पत्रकार माधब शर्मा, पुर्व अध्यक्ष रबिन्द्र बाँस्तोला, सल्लाहकार राजबहादुर गुरुङ्ग, अध्यक्ष रामकृष्ण ज्ञवाली र सदस्य सचिबमा महासंघका सचिब त्रिभुवन पौडेल रहेका थिए।
पोखरा–१३ कुँडहरमा मितिः २०३७ साल माघ २२ गते पिता विश्वप्रकाश सिग्देल, माता प्रभादेवी सिग्देलका जेष्ठ सुपुत्रका रुपमा जन्मनुभएका सिग्देलले स्नातकसम्म अध्ययन गरेका छन् ।
बिस २०५६ साल आफ्नै प्रयासमा हाम्रो जमर्काे मासिक र प्राकृत पोखरा सप्ताहिक पत्रिका प्रकाशित गरी पत्रकारितामा हाल सम्म निरन्तर क्रियाशिल सिग्देलले राष्ट्रिय समाचार समिति, गोरखापत्र दैनिक, नेपाल एफएम् नेटवर्क, तराई  टिभि, रेडियो बाराही, हिमचुली एफ्एम्, कालिका एफ्एम चितवन, वीरगञ्ज एफ् एम वीरगञ्ज, प्रतिध्वनी एफ्एम हेटौडा र  मध्यविन्दु एफ्एम नवलपरासीमा काम गरिसकेका छन् ।
सिग्देल यसअघि राष्ट्रिय समाचार समिति उत्कृष्ठ आलेख पुरस्कार, अपराध अन्वेषण पत्रकारिता पुरस्कार, जिल्ला विकास समिति उत्कृष्ठ पत्रकार पुरस्कारका साथै विभिन्न समयमा दर्जनभन्दा बढि सङ्घ÷संस्थाद्वारा सम्मानित भइसकेका  छन् ।