किन कुर्ले चित्र बहादुर ?


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी. संसदको बैठकमा कुर्लेका छन् ।  संसदको शनिबारको बैठकमा केसीले दलहरुप्रति जनतामा घृणा बढेको बताए । उनले भने- जनताले भूकम्प गएका बेला यो भूकम्पमा एकजना पनि मन्त्री परेनन्, ६०१ सभासदमध्ये कोही पनि परेनन् भने । जनताले नेता प्रती विश्वास गुमाउंदै गएकोले यस्तो भन्नु स्वाभाविक भएको पनि उनले तर्क गरे ।

एमाओवादी अध्यक्ष प्रचण्डले राहत तथा उद्धार प्रभावकारी नभएको भन्दै सरकारको आलोचना गरेकोप्रति कटाक्ष गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले हिजो आफूले किन सिन्को भाँच्न सक्नुभएन र संविधान बनाउन सक्नु भएन  ? भनेर प्रश्न पनि गरे । केसीले भने-‘इतिहासले सबै राजनीतिक पार्टीहरुको योग्यता, चरित्र सबै उदांगो पारिसकेको छ ।’