स्पेनमा ज्यान जोखिममा राख्दै आउछन् किन ? लगेज भित्र ८ बर्षिय बालक पनि भेटिए


वसन्त रानाभाट
बार्सिलोना/

स्पेनमा दिनानु दिन अबैध रुपमा आप्रबासीहरु प्रबेश गरिरहेका खबर आईरहेका बेला एक अचम्मको घटना घटेको छ। आफु सँगै स्पेन प्रबेश गराउन एक महिलाले ८ बर्षिय बालकलाई लगेजमा प्याक गरेकी थिईन्।

२१ बर्षिय मोरक्कन महिलाले बालकलाई लगेज भित्र राखेर स्पेन प्रवेश गर्न खोजेको प्रहरीले जनाएको छ । ति महिलालाई प्रकाउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। महिला माथि शंका लागि प्रहरीले अनुसन्धान थाल्दा लगेजबाट बालक पनि भेटिएका हुन्। बालकको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

बालकलाई लगेजमा राखी आइभेरी कोष्ट हुदै मोरोक्को सिमाना ‘इ–१ ताराजाल’ नाकाबाट स्पेन प्रवेश ल्याउने प्रयास गरिएको थियो। बालकका पिता स्पेनमा नै रहेको बताईएको छ।

स्पेनमा ज्यान जोखिममा राख्दै आउछन् किन ?

अफ्रिकी मूलका मुलुकहरुबाट आफ्नो ज्यान जोखिममा नै राखी हजारौ मानिसहरु अबैधानिक रुपमा स्पेन प्रबेश गर्ने गर्छन्। करिब ३ बर्ष स्पेनमा बसे पछि बैधानिक रुपमा रहनको लागि रेसिडेन्सी बन्ने हुनाले उनीहरुको स्पेन मोह बढेको हो।

नगरपालिकामा ३ बर्ष देखिनै स्पेनमा बसीरहेको दर्ता प्रमाण,यहाँको भाषा सिकीसकेको प्रमाण( सर्टीपिकेट),र कामको कन्ट्राक पेपर, पुलिस रिपोर्ट लगायतका कागजी प्रकिया पुर्याए पछि लगभग पेपर बन्ने निश्चित जस्तै हुन्छ। तिन बर्षको अबधीमा अबैधानिक रुपमा रहदै आउने क्रममा स्थानीय पुलिसले समाते पनि नगरपालिकामा दर्ता गरेको कागज(पात्रनोमेन्तो) देखाए पछि कसैलाई छोडिदिने वा कसैलाई भने पुलिसथानामा गएर फिङ्गर लिए पछि पुन: छोड्ने गर्छ।

स्पेनले कुनै अपराधिक कार्यमा नलागेको वा पुराना रेकर्डहरु ( पुलिस हिस्ट्री) राम्रो भेटिएमा डिपोर्ट गरेको पाईदैन। अबैधानिक रुपमा आएका आप्रबासीहरु यता छिरे पछि धेरै नै सुरक्षित हुने हुदा मोह बढेको हो। कार्ड बने पछि युरोपियन मुलुकहरुको ढोका खुल्ने भएकोले पनि स्पेनमा आएर संघर्ष गर्ने गरेका छन्।

यता आईसके पछि पनि कतिपयले अबैधानिक रुपमा पर्यटकीय ठाउहरुमा अस्थायी रुपमा ( केहि घण्टा) बस्दै लुकेर सामान बेच्दै बाटोबाटोमा ब्यापार गरेको भेटिन्छ। जोखिम पूर्ण डुङ्गा यात्रा बाट,कतिपय पर्खाल नाघेर स्पेन प्रबेश गर्दा बर्षनी नाकामा सयौ समातिएको खबर सुनिदै आएको भए पनि लगेज भित्र पनि बालक भेटिदा सबैलाई चिकित नै पारेको छ।

पाकिस्तानी,नेपाली,भारतीयहरुको बसाई पनि बाक्लो

स्पेनले आप्रबासीहरुलाई नियम फितलो गरेका कारण दक्षिण एसियाली मुलुकहरुबाट यता आउने क्रम दिनानु दिन बाक्लिदै गएको छ। यकिन तथ्याङ्क नभए पनि स्पेनमा नेपाली र भारतीयहरुको तुलना पाकिस्तानीहरुको संख्या बढी रहेको पाईन्छ।बैधानिक र अबैधानिक गरि करिब १० हजार नेपालीहरुले स्पेनमा बसोबास गर्ने अनुमान गरिदै आईएको छ।

अफ्रिकी मुलूकहरुका मानिसहरु जस्तै ज्यान नै जोखिममा पारी स्पेनमा प्रबेश नगरे पनि, नेपाली सहित दक्षिण एसियाली मुलुकहरुका मानिसहरु अन्य युरोपियन देशको भिसा सकिए पछि मात्र यताको गन्तब्य रोज्ने गरेका छन्। अन्य युरोपियन मुलुकबाट अबैधानिक बाटो हुदै स्पेन प्रबेश गर्ने बढी मात्रामा भेटिएको छ।

कमाई राम्रो हुने मुलुकमा पहिले कमाउने,अन्त्यमा भिसा थप गर्न सम्भब नदेखीपछि पोर्चुगल सहित स्पेनलाई रोज्ने गरेको पाईन्छ । प्राय : पढ्न भनी अन्य मुलुक आएका तर पढाई बिचैमा छोडी काममा लाग्दा वा आफु बसेको देशको नियम परिबर्तनले भिसा थप्न सम्भब नदेखे पछि स्पेनको गन्तब्य बनाएकाहरु संख्या बढी रहेको पाईन्छ।